शान्ति उद्यानमा ७० फिट उचाईको मुर्ती स्थापना गरिने

यमकला भुसाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, फागुन ८ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा रहेको राप्ती शान्ति उद्यानको घुम्न जाउँ तुलसीपुर अभियानलाई मध्यनजर गर्दै शान्ति उद्यानमा १७ फिट उचाईको मुर्ती स्थापना गरिने भएको छ । हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुरले आयोजना गरेको राप्ती शान्ति उद्यान प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले यस्तो बताउनुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले उद्यानमा कृतिम जलासय निमार्ण र प्राचिन सङग्रालय निमार्णका लागी पहल गरिरहेको पनि जानकारी दिनुभयो । साथै उहाँले प्रकृति र संस्कृतिलाई जोगाउने उद्देश्यका साथ होमस्टे सञ्चालन गरिरहेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले राप्ती शान्ति उद्यानलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै शान्ति उद्यानका सल्लाहाकार भरत भण्डारीले राप्ती शान्ति उद्यानलाई स्वर्गद्धारीसगं जोडेर लैजानुपर्ने बताउनुभयो ।

यसैबिच हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुरले स्थानिय पाठ्यक्रम बनाउने उद्देश्यले अध्ययन अध्यापन सुरु गरेको छ । हाम्रो पहुँच स्कुलका शिक्षक तिलकराम कालाथोकीले शान्ति उद्यानको विकास र प्रचारप्रसार र स्थानिय पाठ्यक्रम बनाउने उद्देश्यले यसै वर्ष देखि कक्षा ४ र ५ कक्षाका विद्यार्थीलाई स्थानिय पाठ्यक्रम अध्ययन अध्यापन गराउन सुरु गरिएको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *