नक्कली गरिमा धानको बिउँ बेच्ने १७ वटा फर्म कारबाहीमा

काठमाडौं, फागुन ६ । नक्कली गरिमा धानको बिउँ बेच्ने १७ वटा फर्म तथा कम्पनीहरु विभागको कारबाहिमा परेको छ । पश्चिम तराई क्षेत्रका जिल्लाहरुमा गरिमा धानको बिउँ भन्दै कृषकलाई नक्कली९अन्य जातका० धानको बिउँ बच्ने फर्म तथा कम्पनीह वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विभागले नक्कली गरिमा धानको बिउँ बिक्रि गर्ने १७ फर्म तथा कम्पनीलाई कारबाही गरेको जनाएको छ ।

विभागको कारबाहीमा सनराईज एग्रीकल्चर रिसर्च प्रा।लि, लमही न।पा ३ दाङ, तनहुं बज भण्डार, व्यास नगरपालिका–२, तनहुँ, जमिल बिज भण्डार, शिवराज न।पा–३ खैरेन्द्रपुर, कपिलवस्तु, घिमिरे एग्रोभेट, वाणगंगा न।पा–१ जितपुर, कपिलवस्तु, लालीगुरांस एग्रोभेट सेन्टर, लमही न।पा–११ दाङ परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै, स्वर्गद्धारी एग्री नेपाल, तुल्सीपुर न।पा–५ दाङ, जनता एग्रोभेट शान्तिनगर गा।पा–४ चिराघाट, दाङ, मुनाल एग्रोभेट कन्सर्न, नेपालगञ्ज उपमहानगरपालिका–१, भुरीगाउ, वर्दिया, शिखा एग्रो सेन्टर, राजापुर न।पा–४, बर्दिया रहेका छन् ।

त्यस्तै, खुसीराम भेटरीनरी सेन्टर, राजापुर न।पा–४, बर्दिया, लोहती ऐग्रोभेट सेन्टर, राजापुर न।पा–४, बर्दिया, आर।एच।एग्रोभेट, जोशीपुर गा।पा–२ कैलाली, किसान एग्रोभेट सेन्टर, धनगढी उपमहानगरपालिका–१, कैलाली, प्रशान्त एग्रोभेट सेन्टर, राप्ती न।पा–८, खरखरे, चितवन, सुलु भेट सेन्टर, ठाकुरवावा न।पा–९ बर्दिया र तेजल एग्रोभेट सेन्टर, लमहि न।पा–५ दाङ विभागको कारबाहीमा परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यी फर्म तथा कम्पनीहरुलाई विभागले न्यूनतम २० हजार देखि अधिकतम ३ लाख रुपैयाँ जरिवाना गरेको छ । जसमा विभागको उच्चतम कारबाहीमा दाङको लमहीमा रहेको सनराइज एग्रोकल्चर रिसर्च प्रालि परेको छ । सनराइजलाई विभागले तीन लाख नगद जरिवाना गरेको छ ।

कृषकहरुको उजुरी र अनुसन्धानका आधारमा उक्त कम्पनीहरुमाथि कारबाही गरिएको उपभोक्ता संरक्षण विभागले जनाएको छ । गत असारमा कृषकहरुले गरिमामा धान भनेर लगाएको बालीमा धानको बालानै नलागेपछि समस्या आएको थियो । यो समस्याबाट पश्चिम तराई क्षेत्रका करिब १३ जिल्ला प्रभावित भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *