लमही महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा लफडा मच्चियो, प्रहरीद्वारा लाठी चार्ज

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ २ फागुन । लमही महोत्सवमा चर्चित गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राखिरहेका बेला महोत्सवमै लफडा मच्चिएको थियो । शुक्रबार गाउँ गाउँबाट बच्चा देखिबुढा सम्म हजारौंको संख्यामा रहेका दर्शकका माझमा एकाएक कुटाकुट हुँदा लफडा मच्चिएको हो। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गर्नु परेको थियो । केही युवाहरूलाई प्रहरीले आफ्नो नियन्त्रणमा समेत लिएको छ । लफडा मच्चिरहेका बेला पनि गायिका ज्योती मगरले भने गित गाउन छोडिनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शुक्रबार महोत्सवमा अहिले सम्मकै सवै भन्दा बढी दर्शकहरू सहभागीता रहेको मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । महोत्सवमा गायिका मगरले चोली भित्र जवानी, उहि मुलाको सिन्की उहि मुलाको चना,चोरी खान पल्केको यो ढाडे विरालो लगायतका थुप्रै गित गाउदा युवा भन्दा बुढापाखाहरू रमाइरहेका देखिन्थे भने युवा र बच्चाहरूले हुटिङ र नृत्य गरेको देखिन्थ्यो । निकै छोटो पहिरनमा अाएकी मगरलाई बुढापाखाले बाहिरी रूपमा मन नपराए पनि मेला महोत्सवमा भने निकै चासोको रूपमा हरेको देखिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय उनी निकै चर्चामा रहेकी छिन् । मगर सँगै थारू गायक रोशन रत्गैया,मोडेल सुनिता दहित,दिक्षा सुनार, बाल कलाकार एन्जल सोमई मगर,सगरमाथा डान्स ग्रुप लगायतका कलाकारले पनि मञ्च तताएका थिए भने स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए । नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सव सुरू भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसै बिच महोत्सवमा फागुन ३ गते शनिबार गायिका मञ्जु पाैडेल,गायक कृष्ण रेउले,गायिका बसन्ती चाैधरी,गायक तथा पत्रकार देवेन्द्र बस्नेत,गायक दोषहरण चाैधरी लगायतका कलाकार आउने मेला व्यवस्थापक बुढाथोकीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *