दाङका सरकारी कार्यालयमा लाखौँका गाडी अलपत्र

दाङ, २० माघ | कर्मचारीमा नयाँ सवारीमा मोह बढेपछि दाङका केहि सरकारी कार्यालयमा पुराना गाडी अलपत्र अवस्थामा रहेका छन् । सरकारी कार्यालयमा नयाँ गाडी उपलब्ध भएपछि कर्मचारीले पुराना सवारी अलपत्र पारेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक डिभिजन कार्यालय घोराही, विद्युत प्राधिकरण तुलसीपुर लगायतका सरकारी कार्यालयमा लाखौँ मूल्य पर्ने सरकारी गाडी अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयमा दुईवटा सवारी साधन लामो समयदेखि बिग्रिएर राखेको कार्यालयका इन्जीनियर यादव केसीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मर्मत गर्न नमिल्ने भएका कारण थन्किएर बसेको उहाँले बताउनुभयो । कार्यालयमा बिग्रिएर थन्कीएका ति सवारी साधन कहिलेदेखि बिग्रेको कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।

यस्तै तुलसीपुरको विद्युत प्राधिकरणमा पनि लामो समयदेखि एक वटा गाडी बिग्रिएर थन्कीएको छ । मर्मत गर्न धेरै खर्च लाग्ने भएका कारण नयाँ गाडी खरिद भएको कार्यालयका एक कमचारीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिग्रएका सवारी साधन व्यवस्थापन गर्न नसक्दा अधिकांश सरकारी कार्यालयमा सवारी साधन वेवारीसे बनेका छन् । सरकारी सम्पति भएका कारण पनि सम्बन्धित कार्यालयका कर्मचारीले वास्ता गर्ने गरेका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *