छिल्लीकोटको भ्यु टावरले पर्यटक बढाउँदै

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २० माघ | भ्यु टावर निर्माणसंगै धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्थल छिल्लीकोटमा पर्यटक बढ्ने विश्वास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका—१९ मा रहेको छिल्लीकोटमा दृश्यावलोकनका लागि दैनिकजसो आन्तरिक पर्यटक बढ्न थालेको कालिका मालिक मन्दिर संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भ्यु टावरबाट दाङ उपत्यकासंगै रोल्पाको जलजलालगायतका पहाडी क्षेत्रको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । सफा मौसम भएको समयमा दाङ उपत्यकासँगै धौलागिरि, सिस्ने हिमाल तथा छिल्लीकोटमा धार्मिक महत्त्व बोकेका कालिका र मालिका भगवतीको मन्दिरको दृश्यावलोकन गर्न सकिने भ्यु टावर निर्माण समितिका अध्यक्ष परवीर पुनमगरले बताउनुभयो ।

करिब ४० लाख रुपैयाँको लागतमा भ्यु टावर निर्माण गरिएको हो । छिल्लीकोटको विकासका लागि भ्यु टावरले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीयको अपेक्षा रहेको छ । धार्मिक एवं ऐतिहासिक महत्त्वका दृष्टिले निकै सम्भावना रहे पनि भौगोलिक विकटताका कारण छिल्लीकोटको विकास हुन सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छिल्लीकोटको विकासका लागि स्तरीय सडक, पिकनिक स्पट, खानेपानीको व्यवस्था, पार्किङस्थल, विद्युतलगायत विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । छिल्लीकोटलाई तुलसीपुरको प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गरिने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष रामबहादुर योगीले बताउनुभयो ।

भौगोलिक विकटताका कारण छिल्लीकोट अहिले पछाडि परे पनि सडक, भ्यु टावर निर्माणसँगै विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधार निर्माणपछि छिल्लीकोट तुलसीपुर उपमहानगरपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने उहाँको दावि छ । छिल्लीकोटको गुरूयोजना निर्माण गरेर विकासको कामलाई अघि बढाइएको उहाँले बताउनुभयो । केवलकार सञ्चालनका लागिसमेत सर्भे सम्पन्न गरिएको वडाध्यक्ष योगीले जानकारी दिनुभयो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *