तुलसीपुर, १६ माघ | दाङ जुवा खेलिरहेका पाँचजना नगदसहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरमा जुवा खेलिरहेका पाँच जना जुवाखालबाट पक्राउ परेका हुन् । प्रहरीले मिनराज वलीको घरमा जुवा खेलिरहेका पाँच जनालाई नगद ३७ हजार ५ सय ४० नगदसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बंगलाचुली–५ का ३४ वर्षिय तिलक पुन, घोराही–१८ का ३१ वर्षिय दानबहादुर बुढा, सोहि ठाँउका ४० वर्षिय अजय बिक, सोही ठाँउकै ४४ वर्षिय पहल राई र घोराही–१२ का देवबहादुर पुनमगर रहेका छन् ।
पक्राउ परेका साथबाट नगदसहित ३ गड्डी तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । पक्राउ परेका उनिहरुको थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।