भौतिक निर्माण कार्यलाई प्राथमिकता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, माघ १४  । प्रदेश सभा सांसद विमला वलीले सामुदायीक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । पछिल्लो समय सामुदायीक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उहाँको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सांसद वलीले स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको बताउनुभयो । थप यसको ब्यवस्थापनका लागि भौतिक पूर्वाधारका लागि मैले आर्थीक रुपमा गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । तुलसीपुर उपमहानगरपालिका वडा न. २ मा रहेको रतननाथ प्रावि पोटलीको सोमबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै सांसद वलीले यस्तो बताउनुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वलीले बबई गाउँपालिका झारगजेरीमा निर्मीत शिव माया मन्दिरको समेत उद्घाटन गर्नुभएको छ । उहाँले एक कार्यक्रमका बिच रीवन काटेर मन्दिरको उद्घाटन गर्नुभएको हो ।

बुझौना चौधरीको ब्यक्तिगत र केहि जनश्रमदानबाट निर्माणाधिन मन्दिरको उद्घाटन गर्दै सांसद वलीले मन्दिरको पर्खाल निर्माण देखि अरु भौतिक निर्माणका लागि थप आफनो तर्फबाट सहयोग गर्ने बताउनुभयो । वलीले सिँचाईको समस्या भएको गुनासो सुनेपछि पोटली र कुमलगडि जोड्ने कुलोको अध्ययन अवलोकन गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले सिँचाईबाट बञ्चित रहेको भन्दै पोटलीबासीहरुले गुनासो गरेपछि भत्किएको कुलोको ड्याम बाध्ने र सिचाई प्रक्रियालाई सुचारु गर्ने कार्यलाई अगाडि बढाउँन आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *