हुम्लामा सात जनाको निधन

दाङ, १३ माघ | तीन सातासम्म फैलिएको रुघाखोकी र ज्वरोले हुम्लामा सात जनाको निधन भएको छ । हुम्लाका चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा रुघाखोकी र ज्वरोका कारण सात जनाको निधन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हुम्लामा पुस २६ गतेदेखि रुघाखोकी र ज्वरो फैलिएको जनाइएको छ । रुघाखोकी र ज्वरो फैलिदा चंखेलीमा मात्रै ४ जनाको निधन भएको छ भने बाँकी सुर्केगाड र खार्पुनाथका स्थानीयको निधन भएको छ ।

स्थानीय रुपमा फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणका लागि कुनै प्रयास नभएको स्थानीयले गुनासो गरेका छन् । स्थानीय तहमा रहेका स्वास्थ्य शाखामा औषधी नभएका कारण उपचारमा समस्या भएको जनाइएको छ । औषधी उपचार नभएपछि झनै समस्या भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *