दाङमा हात्तिपाईले रोग बिरुद्धको औषधी नखाईदिदा अभियान लम्बियो

घोराही, १३ माघ | हात्तिपाईले रोग विरुद्धको औषधी नखाँदा दाङमा औषधी सेवनको अभियान पर धकेलिएको छ । नियमित ६ बर्ष सम्म नियमित औषधी खानु पर्ने भए पनि दाङमा नागरिकहरुले नखाईदिदा थप ५ बर्ष लम्ब्याउनु परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हात्तीपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान कार्यक्रममा जनस्वास्थ्य कार्यालय दाङका स्रोत व्यक्ति कमल चन्दले यस बर्ष १० औँ चरणमा पनि औषधी खुवाउनु परेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सबै नागरिकहरुलाई औषधी खुवाएर ४ बर्ष अघि नै हात्तिपाईले रोगको संक्रमण शून्यतामा झार्ने अभियान औषधी नखाईदिदा प्रभावित भएको उहाँको भनाई छ । गएको बर्ष दाङमा ५८ प्रतिशत जनताले मात्रै औषधी खाए पछि अभियानलाई लम्व्याउनु परेको चन्दले बताउनुभयो ।

दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्नीएका ४ सय २९ र हाइड्रोशिल सँगै खुट्टा सुन्नीएका १६ गरि २ हजार ५६ जनामा हात्तिपाईलेको संक्रमण रहेको जन स्वास्थ्य कार्यालय दाङको तथ्यांकमा छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *