शान्ती सुधाको रजत जयन्तीमा सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

फोटो ः रीता लामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

शान्ती सुधा अवासिय माध्यामिक विद्यालयले आफनो स्थापना दिवसको अवसरमा बुधवार घोराहीमा सास्कृतिक कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समिती अध्यक्ष दामोदर खनालको अध्यक्ष एवम राष्ट्रियसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै सदस्य देवकोटाले घोराहीमा शान्ती सुधा निकै पुरानो विद्यालय भएको र शिक्षामा पनि अव्बल भएको बताइन । साथै उनले नेपालको शिक्षामा संस्थागत विद्यालयको भुमिका अहम रहेको दावि गरिन । उनले विद्यालयले शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियताको पनि खुलेर प्रंससा गरिन । प्रतिनीधिसभा सदस्य एमव नेपाली काग्रेसकी नेतृ देवकोटा विद्यालयलाई अझै शिक्षामा सुधार ल्याइ बालबालिकाको उज्ववल भविष्यको साहारा बन्न विद्यालयलाई आग्रह गरिन ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा प्याव्सन दाङका निर्वतमान अध्यक्ष यादव योगी, घोराही उपमहानगरपालिका शिक्षा शाखाका उपसचिव नारायण पौडले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बालबालिकाहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए भने नयाँ शैक्षिक सत्र देखि सुरु भएको विभिन्न कार्यक्रमका विजेताहरुलाई पुरुस्कार वितरण गरिएको थियो । यस्तै कार्यक्रममा कक्षा तीन देखि १०कक्षा सम्मका बालबालिकाहरुले स्थानिय सामाग्रीको प्रयोग गरि विज्ञान र कला प्रर्दशन गरेका थिए । जसमा करिव ४० जना बालबालिकाले आआफ्नो सिपको प्रयोग गरि हस्तकला र चित्र कला देखाएका भौतिक विज्ञानका शिक्षक रेशम केसीले जानकारी दिए । पुस २५ गते देखाइएको उक्त कला प्रर्दशनीलाई प्रथम, दितिय र तृतिय गराई पुरस्कारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । उत्कृष्ठ हुने कलालाई भोली २७ गते पुर्व राष्ट्रपतिको हातबाट पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *