देउखुरी, माघ १२ । चिकित्सकले स्वास्थ्य अवस्था चेकजाँच गरेर मात्रै उपलव्ध गराउनुपर्ने निरोगिताको प्रमाणपत्र चेकजाँच मान्छे नै नदेखी उपलव्ध गराउँदै आएको पाइएको छ । यातायत व्यवस्था कार्यालयबाट सवारी अनुमतीपत्र आवेदन दिदा र नविकरण गर्दा निरोगिताको प्रमाणपत्र आवश्यक पर्छ । तर यि निरोतिाको प्रमाणपत्र यातायात कार्यालयको बाहिर बिचौलिया मार्फत धमाधम वितरण हुने गरेको छ ।
निरोगिताको प्रमाणपत्रमा डाक्टरको नाम उसको योग्यता र मेडिकल काउन्सिल नम्बर उल्ल्ेख गरेको छाप राखेर बसेका विचौलियाहरुले सोही छाप फारममा लगाएर सबै स्वास्थ्य अवस्था ठिक भएको लेख्न गर्दछन । तर सबन्धित डाक्टरले चेकजाँच व्यत्तिको अनुहार समेत हेर्न पाएको हुदैन । यातायात व्यवस्था कार्यालय राप्ती दाङमा पनि चेकजाँच विना नै निरोगिताको प्रमाणपत्र उलव्ध गराउनको लागि विचौलिया मार्फत काम भइरहेको छ ।
कार्यालयलाई डाक्टरले हस्ताक्षर गरेको फारम भए पुग्ने र सवारी चालकलाई छिटो हुने भएपछि यस विषयमा धेरैको ध्यान गएको पाइदैन । यातायात व्यवस्था कार्यालय राप्ती दाङले भने पटक पटक डाक्टरहरुलाई बोलाएर यस विषयमा सचेत गराउँदै आएको जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख सुदर्शन शर्माले आफुले यसरी चेकजाँच विना नै निरोगिताको प्रमाणपत्र विक्री तिरण हुने गरेको पाएपछि सचेत गराएको बताउनुभयो । ‘मैले धेरैलाई सचेत गराउँदै आएको छु, यस्तो संवेदनसिल चिजमा चेकजाँच विनै आउनु राम्रो होइन, हामीहरुले डाक्टरको हस्ताक्षर भएर आए पछि कानुनी हिसावले केही गर्न मिल्दैन ।’ उहाँले भन्नुभयो । सेवा ग्राहीले पनि आफुहरुको स्वास्थ्य अवस्था चेकजाँच विना नै निरोगतिाको प्रमाणपत्र दिनेगरेको बताउँछन ।
यातायत व्यवस्था कार्यालयका प्रत्येक डेव्ली र पसलमा खाली फराममा डाक्टरको हस्ताक्षर सहितको फराम बिक्री हुन्छ र निरोगिताको प्रमाणपत्रलाई तीनसय देखी तीनसय ६० रुपियाँसम्म लिने गरेका पाइएको छ । रसिद विना नै सेवाग्राहीसंग ल्याउने रकमको शुल्क स्वास्थ्य परिक्षण गरेर मात्रै ल्याउनुको साटो बिना चेकजाँच नै उपलब्ध गराउँदा स्वास्थ्य माथि सवारी चालक अनुमति पत्रमाथि नै गम्भिर लापरवाही भएको पाइन्छ ।
कार्यालयका निमित्त प्रम्खका अनुसार आँखा नदेख्ने एकजना सेवा ग्राहीलाई आँखाको दृष्टि ठिक भनेर निरोगिताको प्रमाणपत्र पाएपछि कार्यालयले पनि यस विषयमा अनुगन गरेको थियो । यसरी विना चेकजाँच नै उपलव्ध गराएको डाक्टरको नाम डा.राजीव झा नेपाल मेडिकल आउन्सिल(एनं.मी.सी) नम्बर १५४८५, यस्तै डा.नसिम मिकर्नी एन.एम.सी नम्बर २४८७९ उल्लेख छ । र पाल्पाली पोलि क्लिनीकको पनि छाप लगाएको छ ।
यसरी फराम विक्री गर्नेहरुले भने आफुहरुले फराम किनेर ल्याउने हुनाले रसिद दिन नसकेको बताउँछन । नेपाल रेडक्रस सोसाइटी मार्फत वितरण गरेका फराममा समेत स्वास्थ्य अवस्था चेकजाँच विना नै वितरण हुने गरेको छ । यसरी निरोगिताको प्रमाणपत्र वितरण गरे वाफत डाक्टरलाई प्रति फराम ५० रपियाँ उपलव्ध गराउने गरेको पाइएको छ । डाक्टरसंग सबै बुझेर ल्याउँछौ , पहिलोपटक गरेका हौ, नाम नभन्ने शर्तमा एकजनाले भन्नुभयो ।
यस विषयमा पोलिकिलनीक संचालक र डाक्टरले पनि गल्ती भएको स्विकारेका छन् । पाल्पाली पोलिकल्निक तुलसीपुरका संचालक सुरेस ज्ञवालीले आफ्नो क्लिनीकको छाप लगाएर दिएको भएपनी यस्को दुरुपयोग भएको प्रति आफु संवेददनसिल भएको बताउनुभयो । अब यो काम रोकिन्छ, आजै गएर छाप लगाएको फाराम ल्याउँछु, ज्ञवालीलले भन्नुभयो ।
यस्तै डाक्टर राजीव झाले एकजना फराम वाफत ५० रपियाँ ल्याउने गरेको स्विकार्नुभयो । प्रदेशीक अस्पतालमा जानुभयो भने धेरै महङ्गो भन्छन, मैले मिलाएर गरदेको छु । उहाँले आफुले सबै चेकजाँच गरेर दिन नभ्याएपनि शारिरीक अवस्था ठिक भएकालाई मात्रै पाएको दावी गर्नुभयो ।