घोराहीमा हुने महोत्सबमा पाँच करोड करोबार गर्ने लक्ष्य, पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान

घोराही, ९ माघ | भोलीदेखि दाङको घोराहीमा सञ्चालन हुने महोत्सबमा पाँच करोडको कारोबार हुने आयोजकले जनाएको छ । आयोजक दाङ चेम्बर अफ कमर्सले महोत्सबस्थल घोराहीमा गरेको पत्रकार सम्मेलनमा पाँच करोड करोबार हुने र पाँच दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले १२ दिनमा पाँच करोड कारोबार तथा पाँच लाख दर्शकले महोत्सबको अवलोकलन गर्ने बिश्वास गर्नुभयो । यस्तै महोत्सबमा स्टल राख्ने ब्यबसायी र ब्यापारको बिमाको ब्यबस्था रहेको बताउँदै अध्यक्ष महराले २४ वटा सिसि क्यामरा मार्फत् महोत्सबको निगरानी समेत गरिने जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भोली बिहान साडे ११ बजेदेखि झाकी, ¥याली सहित मेला उद्घाटनको तयारी गरिएको समेत अध्यक्ष महराको भनाई थियो । राष्ट्रिय तथा स्थानीय बिशेषगरी दंगाली कलाकारलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।

बिशेषगरी स्थानीय कृषि उत्पादन र ब्यापारलाई प्रोत्साहन गर्ने गरी महोत्सबमा स्टल तयार पारिएको संयोजक बलदेब योगीले जानकारी दिनुभएको छ । यस्तै पर्यटन बर्ष २०२० का लागि पनि बिशेष प्रकारको कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक घनश्याम अधिकारीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सबको पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनको सहजीकरण महासचिब टीकादत्त खनाल सागरले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *