राप्ती गाउँपालिकामा बुवा आमा पाल्ने असल छोरा-बुहारी सम्मानित

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ ९ माघ । बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका बेला दाङको राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखाले सासू/ससुरा तथा बुवा आमा पाल्ने छोराबुहारीको खोजी गरेर सम्मान गरेको छ । शाखाले बुधबार गाउँपालिका भित्रका ज्येष्ठ नागरिक र तिनलाई उचित स्याहारसुसार गर्नेे छोराबुहारीलाई सम्मान गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘असल संरक्षणकर्ता’ का रूपमा ३५ जना छोरा बुहारीलाई नगद १ हजार ५ सय ३० रूपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । गाउँपालिका भित्रका वृद्धवृद्धा बुवा अामाको स्याहार सुसारमा दिनरात तल्लिन छोरा बुहारीको खोजी गरेर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । छोरा बुहारीमा कर्तव्यबोध र वृद्धवृद्धामा आत्मबल बढ्ने भएकाले सम्मान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख जिवनकुमारी जिसीले बताइन् । ‘सम्मानले अग्रजको ख्याल गरौं र दीर्घजीवी गराउँ भन्ने अभियान चल्ने विश्वास छ,’ उनले भने, ‘घर छोडेर शहर पस्ने छोराछोरी र बुहारीलाई गाउँ फर्काउन पनि यस अभियानले मद्धत पुग्नेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती गाउँपालिका ५ सिसहनियाँकी श्यामा रावत आफु सम्मानित हुँदा गर्भ लागेको बताइन् । जिवनमा सासु ससुरा पालेर सम्मान पाइन्छ भनेर सोचेको थिएन तर मंगलबार मलाई एक्कासी फोन आयो तपाई भोली गाउँपालिका आउनुस सम्मानित हुदै हुनुहुन्छ भन्दा आफु अचम्म परेको बताइन् । ८० वर्षिया सासुलाई आफुले बिहे गरेको २०६१ साल देखि पालन पोषण गर्दै आएको बताइन् मेरो श्रीमान हुनुहुन्न तर मेरो सासु मेरो पनि जन्म दिने आमा सरह हुन् भनेर हेरचाहा तथा पालन पोषण गर्दै आएको सुनाइ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो सम्मानले मलाई अझ उर्जा थपेको छ । म अव मेरा छिमेकी छोराबुहारीलाई पनि आफु सम्मानित भएको कुरा सुनाउछु । उनले भनिन् । उनी जस्तै राप्ती गाउँपालिका २ कठाहाका अनुप चाैधरी पनि सम्मानित भएका छन् । उनले ८२ वर्षिय हजुर बुवालाई पाल्दै आएका छन् । छोरा बुहारीले गर्ने काम नातीले गरेको भन्दै गाउँपालिकाले उनलाई सम्मान गरेको छ ।

चाैधरी सम्मानित भएपछि उनी निकै खुसी छन् । अहिले उनी आफ्ना बुवा आमा र हजुरबुबालाई पाल्दै आएका छन् । रावत र चाैधरी जस्तै राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीका ऋषिराम गिरी पनि सम्मानित भएका छन् । उनले अाफ्ना ९६ वर्षिय बुवा र ८० वर्षिय अामालाई असल छोराको भुमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको छ । आफु सम्मानित हुँदा गिरी पनि निकै खुसी छन् । उता राप्ती गाउँपालिका २ मुक्तिनगर नयाँ बस्तीकी जानकी चाैधरी पनि सम्मानित भएकी छिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चाैधरीले माइती घरमा दाई भाउजु र भाई बुहारीले बुवाआमालाई लालन पालन नगरेपछि छोराको भुमिका निभाएकी छिन् । उनले हाल माइती ७५ वर्षिय आमालाई पाल्दै आएकी छिन् । उनको यो साहासी काम प्रति उच्च कदर गर्दै गाउँपालिकाले उनलाई पनि सम्मान गरेको छ । सम्मानित हुँदा चाैधरीको मुहारमा खुसीको सिमानै छैन् । गाउँपालिकाले यसरीनै पहिलोपटक छोराबुहारीलाई सम्मान गरेको छ । अागामी दिनमा यस प्रकारको कार्यक्रमलाई अझ व्यवस्थित तरिकाले लैजाने गाउँपालिकाले बताएको छ ।

यता आफ्नै स्याहार सुसार गर्ने छोरा बुहारी सम्मानित हुँदा बृद्व बुवाआमाहरू पनि खुसी भएका छन् । हिंडडुल गर्न नसक्ने र छोराबुहारीको स्याहार सुसारको भरमा बाँचेका बुवाआमा आफ्ना छोरा बुहारी सम्मानित हुँदा खुसी लागेका बताएका छन् । कार्यक्रममा सम्मानित हुनेहरूमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङका जिवन खाती, रमेश राना मगर, शान्तिपुरका मेघराज न्यौपाने,पाखापानीका श्यामलाल पोख्रेललाई गाउँपालिकाले सम्मान गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसै गरि वडा नम्बर २ बराखुट्टीका ऋषिराम गिरी, कठाहाका अनुप चौधरी, मुक्तिनगरकी जानकी चौधरी, रामनगरकी तारी कुमाल, वडा नम्बर ३ बाघढड्डीका महेन्द्र बेल्बासे, प्रेमप्रकाश चौधरी, मसुरीयाका गोविन्द अधिकारी, वडा नम्बर ४सुन्दरपुरकी सीता शर्मा, जनकपुरकी रामकृष्णी चौधरी, खिनैटाकी लक्ष्मी मल्ल, मझनीगढकी सुसीला महरा, वडा नम्बर ५ सिसहनियाँका मनिराम चौधरी, पहरुवाका गोकर्ण पौडेल, सिसहनियाँका श्यामा रावत, लठ्ठहवाका रामप्रसाद चौधरी, वडा नम्बर ६ बगरापुरकी रामदेवाली चौधरी, पत्थरगढवाकी सुनिता चौधरी, मझेरीयाकी राजकुमारी चौधरी, सगरापुरकी अम्बिका पुरी, वडा नम्बर ७ छोट्की सिसहनियाँका विश्वम्भर ज्ञवाली, चुमादेवी ज्ञवाली, रामदास चौधरी, अर्नाहनपुरका सुनिल कुमार चौधरी, भानपुरका रामचन्द्र अधिकारी, वडा नम्बर ८ पिपरीका लिलतचन्द्र चौधरी, दुर्गा भट्टराई , नारायणी चौधरी, विजौरीका प्रकाश पौडेल, वडा नम्बर ९ रुपाकोटका कालु कामी, तामबहादुर खैकला मगर, बाहुनीपाटाका भेषबहादुर कार्की, घोषखोलाका विरेन्द्रबहादुर कार्कीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको हो ।

 

गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीको अध्यक्षतामा भएको छोराबुहारी सम्मान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी,नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे , राष्ट्रिय जनमोर्चाका राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल,राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरी, ३ नम्बर वडा अध्यक्ष चन्दर चाैधरी, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी प्रमुख जिवनकुमारी जिसीले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *