वार्षिकोत्सबमा निशुल्क स्वास्थ्य शिविर

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँकी ७८ वर्षिय टिकाकुमारी बोहरा निकै खुसी देखिइन । लामो समय देखि अप्ठ्यारो महसुस गरिरहेकी वृद्ध आफ्नो गाउँ ठाउँमै निशुल्क स्वास्थ्य शिविर तथा औषधी बितरण भएपछि उनमा खुसी छाएको हो । अस्पताल सम्म जान सक्ने अवस्था थिएन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाइयो,’ उनले भनिन् । उनीमात्र होइन ८७ वर्षीया लिलावती पन्त दम,छाती तथा मधु रोगले थलिएकी धेरै भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाउँपालिकामै दमको औषधी पाएपछि उनी निकै खुशी भइन् । उनले भनिन् ‘गाउँमै आयोजना गरेको शिविरमा निशुल्क औषधी पाइयो । डाक्टरहरुको सल्लाह लिन पनि पाइयो । अब मलाई सञ्चो हुनेभयो । त्यस्तै पिपरी निवासी लोकबहादुर बुढाले पनि निशुल्क स्वास्थ्य शिविरमै स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको बताए। उनले भने ‘हाम्रै गाउँमा डाक्टरहरु आए । डाक्टरको सल्लाह अनुसार औषधी पनि पाए । यसले मलाई ज्यादै खुसी लाग्यो।’ स्थानिय मधु सुवेदीले भने ‘हामीले शिविरमा सामान्य रोगको उपचार पनि पाएका छौं । चिकित्सको सल्लाह पनि पाएका छौं ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसले हामीलाई फाइदा भएको छ। हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ५ सिसहनियाँको १४ अाैँ वार्षिकोत्सब कार्यक्रमका अवसरमा सोमबार सिसहनियाँमा भएको स्वास्थ्य शिविरमा सेवाग्राही खुसी भएका हुन् । संस्थाले स्थापना दिवसका अवसरमा स्वास्थ्य शिविर र माघीमिलन कार्यक्रम पनि गरेको छ । संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सहकारी संस्थाले हरेक क्षेत्रमा सहकार्य गरे मात्र संस्थाको प्रगति हुने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो अवसरमा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय दाङका प्रमुख किरण खत्री ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) फिल्ड कार्यालय दाङका प्रमुख वेदप्रसाद भट्टराई ,जिल्ला सहकारी संघ दाङका कोषाध्यक्ष हरिप्रसाद भुसाल,महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाका अध्यक्ष रूकमाङगत ज्ञवाली , बिहानी बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष देवप्रसाद चाैधरी,सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारी ,हास्य कलाकार कमल गाउँले र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा असल ऋणी,जेष्ठ सदस्य र उत्कृष्ट सुझावकर्तालाई सम्मान गरिएको थियोे । कार्यक्रमका अवसरमा अायोजित स्वास्थ्य शिविरमा १ सय जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । शिविरमा मुटु ,छाती,हाडजोर्नी लगायतका विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियोे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिविरमा तुलसीपुर प्रादेशिक अस्पतालका फिजिसियन डा. नितु लामाले स्वास्थ्य चेकजाँज गरेकी थिइन् भने एसियन फार्माका मेडिकल सिल्स अफिसर खिमबहादुर विष्ट र सत्यसाई मेडिकल हल सिसहनियाँका स्वास्थ्यकर्मी ईश्वरीप्रसाद अधिकारीले सहयोग गरेका थिए । शिविरमा सत्यसाई मेडिकल हल सिसहनियाँ र बुलक्रस कम्पनीले अाैषधी सहयोग गरेका थिए ।

संस्थाका उपाध्यक्ष मुमबहादुर रोका मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्था सचिव रेशमबहादुर थापाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *