एक वर्षमै गयो युएईमा १०३ नेपालीको ज्यान

घोराही, माघ ७ । नेपालीहरुको बैदेशिक रोजगारीको गन्तब्य मानिदै आएको संयुक्त अरब इमिरेट्स युएईमा एक बर्षमा एक सय बढी नेपाली कामदारको निधन भएको छ । सन् २०१९ मा एक सय ३ जना नेपाली कामदारको निधन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली दुताबासका अनुसार ९९ जना पुरुष र ४ जना महिलाको निधन भएको हो । केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दुर्घटनामा परी ३ नेपालीको निधन भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गतबर्ष मात्रै सडक दुर्घटनामा परेर २३ नेपालीको निधन भएको छ । १ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट निधन भएको जनाइएको छ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स युएईमा ज्यान गुमाउने नेपालीको संख्या एक सय ७ रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *