पवित्र धाम रिहार मेलामा दिसैदिसा

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, माघ ४ । प्रदेश नं. ५ कै पर्यटकीय विकास क्षेत्र गन्तब्य बनेको दाङको लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा धार्मिक विकास क्षेत्र रिहार मेलामा फोहरै फोहरको डंगुर छ । दुइ दिनदेखि लगातार परेको झरीका कारण मेला हिलोले ग्याज ग्याज छ । भित्र पस्न नसकिने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पूर्वपश्चिम राजमार्गको सडकदेखि रिहार मन्दिर परिसरमा पुरै फोहरको डंगुर थुप्रिएका कारण स्थानीयहरुलाई समेत समस्या भैरहकेो छ । मेलामा फोहर हिलो र दिसाको दुर्गन्धले नाक थुन्नुपर्ने अवस्था रहेको स्थानीयहरुले बताएको छ । गतिलो शौचालयको व्यवस्थापन नहुदा मन्दिर परिसर वरपर दिसै दिसाको थुप्रो मात्रै छ । माघ १ गते लागेको मेलाको दिनमा समेत फोहोरको डंगुर हुँदा धेरै दर्शनार्थीहरुलाई समस्या भएका गुनासो थियो । भारतीय पर्यटकहरु आएर जथाभावि फोहोर गर्ने र जाने गरेको पाईएको छ भने त्यस विषयमा व्यवस्थापन समितिले कुनै चासो दिने गरेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल सरकारको एक सय गन्तब्य मध्य एक बगार बाबा धार्मिक विसका क्षेत्र प्रदेश नं. ५ कै पर्यटकीय विकास क्षेत्रको गन्तब्यको रुपमा चर्चा हुन्छ । तर, रिहार मेलामा फोहरको व्यवस्थापन हुन नसकेको भारतीय तिर्थयात्री विजयकुमार गुप्ताले बताउनुभयो । २०५० सालदेखि रिहार धाम आएको जानकारी गराउँदै गुप्ताले गणतन्त्र पत्रिकालाइ रिहार मेलामा फोहर व्यवस्थापन हुन नसकेको बताउनुभयो । ‘यहाँको सबैभन्दा मुख्य समस्या शौचालय नहुनु हो । व्यवस्थित शौचालयको आवश्यक छ । हामी शौचालय गर्न खोला जान्छौ ।’

रिहारमा मेला त लाग्छ तर, बस्ने व्यवस्थित बास छैन । मेलामा जम्मा भएको पानी जाने कुनै निकास छैन । मेला पोखरी जस्तो बनेको छ । पुस महिनाको अन्तिम दिन देखि मेलामा त्रिपाल टाङ्गेर बस्नु भएको गुप्ताले रिहार मेलामा शुद्ध खानेपानी नभएको गुनासो गणतन्त्र पत्रिकालाइ सुनाउनुभयो । दुई सय रूपैयाँ हातको कर तिरेको छौ तर, व्यवस्थापन केहि छैन । धेरै पुरानो मेला हो यो । संकटकाल देखि रात भरि जागराम बसि मेला संचालन गरेका हौँ । तिर्थयात्रीलाइ पानिले छेक्दैन । तीन पुस्ता भयो रिहार मेला आउँन जान थालेको ।’ यस्तै भारतको तुलसीपरदेखि आउनु भएको अर्का तिर्थयात्री गुलसनकुमार तप्त कुण्डमा स्नान गर्नको लागि आउने गरेको जानकारी दिनुभयो । उहाँ विभिन्न रोगब्याथ निको हुने विश्वासले तप्तकुण्ड रिहारमा स्नान गर्न आएको जानकारी गराउदै, व्यवस्थित कपडा फेर्ने ठाउँ नभएको गुनासो पोख्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै बगार बाबा धार्मिक विकास क्षेत्र रिहारको २७ वर्षपछि बसेको साधारणसभा कोरम नपुगेकोमा निष्कर्स विहिन भएको छ । सभामा नत, आय व्याय, प्रस्तुत गरिएको थियो नत, व्यानर नै थियो । रिहार मेला संचालन गर्नको लागि लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसीको संयोजकमा ७ सदस्यीय समिति गठन गरि मेला संचालन गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *