दाङसहित देशका अधिकांश स्थानमा वर्षा, पानी परेपछि चिसो पनि बढ्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २ माघ । गयरातीदेखि नै पानी परेपछि दाङमा चिसो बढेको छ । पुस लागे लगत्तै चिसो ह्वात्तै बढेको थियो । त्यसमा गयराती देखि पानी परेको छ । दाङ लगायत जिल्लाका केही स्थानमा पानी परेको बताईएको छ । पानी परेपनि जनजीवन प्रभावित भएको छ । मान्छेहरु बाहिर निस्किन सकेका छैनन् । मौसम बिभागका अनुसार भारतको कश्मिरमा धेरै मात्रामा हिमपात भएको हुँदा दक्षिणि भेगको चिसो हावाका साथ पानी पर्ने अनुमान गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ उपत्यका सहित देशका धेरै ठाउँमा दुई दिनदेखी राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । तराईमा बाक्लो हुस्सुका कारण चिसो हावा चले पनि यसलाई शितलहर भन्न नमिल्ने मौसमविद् वरुण पौडेलले बताउनु भयो । यसैबीच दाङमा आज दिउसको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । अझै तापक्रम घट्न सक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना छ ।

अरु ठाउँमा दिउँसोपछि हुस्सु हटे पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । यसैबिच चिसोमा न्यानो कपडा लगाउन र तातो खानेकुरा खान स्वस्थ्यकर्मिले सुझाव दिएका छन् । केहिदिन यता चिसो बढ्दै गएकाले चिसोका कारण हुने विभिन्न संक्रमण देखिन थालेकाले सचेत रहन स्वास्थ्यकर्मिको सुझाव छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *