तुलसीपुरमा माघी सक्रान्ती विशेष सास्कृतिक कार्यक्रम हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ ,२९ पौष | नेपाल मगर संघ तुलसीपुर नगर समिति ले माघि विशेष सास्कृतिक कार्यक्रम गर्ने भएको छ । माघी सक्रान्ती पर्व लाई मगर र थारु समुदायले मुख्य पर्व को रुपमा मनाउदै आएकोले पर्वको महत्व बढाउन माघी विषेश कार्यक्रम गर्न लागिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्कृती को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य का साथ कार्यक्रम को आयोजना गरिएको नेपाल मगर संघ तुलसीपुर नगर का अध्यक्ष तथा कार्यक्रम संयोजक राम कुमार घर्ती मगरले जानकारी दिनुभयो । महोत्सव तुलसीपुर–७ बराहथान ( शान्ति पार्क नजिक) मा हुन लागेको र कार्यक्रमले मगर कला र सस्कृति संरक्षण र पुस्तान्तरणमा टेवा पुर्‍याउने नेपाल मगर वौद्व सेवा समाज का अध्यक्ष तथा कार्यक्रमका व्यवस्थापक मनि बुढा मगरको भनाइ छ ।

कार्यक्रममा गायक प्रेम विवश घर्ती मगर, निता पुन मगर , खुमेन्द्र पुन मगर , पुर्ण पुन मगर , सन्ध्या मगर , ममता मगर लगायत को बेजोड प्रस्तुति रहने सास्कृतिक सम्योजक दत्त बुढाले बताउनुभयो । साथै धनुषवाण , चेली पुज्ने ,मगर खाना प्रदर्शनी , मौलिक नाच , छेलो फाल्ने कार्यक्रम पनि रहेको बुढाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल मगर संघ तुलसीपुर नगर समिति को आयोजना र पुर्वी रुकुम तकसेरा समाज तुलसीपुर दाङ को सह आयोजनामा हुने भएको हो । कार्यक्रमको सह–व्यवस्थापक हरिचन्द्र बुढा मगरलाई र प्रचार प्रसार सम्योजक प्रेम विवश घर्ती मगर जिम्मेवारी दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *