दाङमा अवैध सालको काठ सहित तस्कर पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, पुस २९ । डिभिजन वन कार्यालय तथा बेला सव डिभिजन वन कार्यालयको गस्तीको टोलीले अवैध रुपमा ओसारपसार गरिरहेको .३ क्यूफिट. वरामद गरेको सालको काठ सहित चार जनालाई पक्राउ गरेको छ । अवैध रुपमा ओसारपसार गरिरहेको ३ क्यूफिट वरामद गरेको सालको काठ सहित चार जनालाई पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविन विडारीले जानकारी दिनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ३ निवासी पप्पु यादव, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ४ निवासी शिवपुजन कुर्मी, सोही ठाउँ निवासी ईरिफान शाह, शिवराज नगरपालिका वडा नम्बर. ११ निवासी प्रकाश चौधरी रहनु भएको छ । गत २३ राती ११.४५ वजेको समयमा डिभिजन वन कार्यालय तथा बेला सव डिभिजन वन कार्यालयको कटिएको गस्तीको टोलीले राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तापुरबाट अवैध रुपमा सालको काठ ओसारपसार गरिरहेको ३ क्यूफिट वरामद गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रमुख विडारीका अनुसार अनुसंधानको सिलसिलामा दाङ देउखुरी जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा राखी थप अनुसंधान भैरहेको छ । डिभिजन वन कार्यालय देउखुरीको नियन्त्रणमा रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *