दंगीशरणमा २ दिन माघि महोत्सव हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण, २४ पुस | दंगीशरण गाउँपालिका हेकुलीको आयोजनमा दुई दिन माघि महोत्सव हुने भएको छ । थारु जातीको बाहुल्यता रहेको दंगीशरणमा थारु समुदायहरको लोक कला सस्ंकृती संरक्षणका लागि हरेक बर्ष माघि महोत्सव गर्दै आएको छ । “थारु सस्ंकृति भेषभुषा हमार पहिचान, दंगीशरण गाउँपालिकाके सान ” भन्ने मुल नाराका साथ माघि महोत्सव हुन लागेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रम यहि माघ २५ र २६ गते हुने मुल आयोजक समितीका अध्यक्ष श्रीप्रशाद चौधरीले जानकारी दिए । थारु भाषा, कला प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको माघ महोत्सवमा यो बर्ष सख्या नाच, मघौटा नाच, छोक्रा नाच, कठघोरी, ढोलाहा नाच, मागर, ढुम्रु, सजना, मैना, जस्ता पुराना थारु नाच र गितलाई प्राथमिक्ता दिईने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

माघि महोत्सव कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको भन्दै दुई दिन हुने महोत्सवमा उपस्थितीका लागिसम्पुर्ण थारु बुद्धिजिवी, राजनीतिक दल, थारु अगुवा लगाएत सम्पूर्ण दंगीशरणबासीलाई मुल आयोजक समितीका सदस्य सचिव मस्तविर चौधरीले आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *