निरन्तर वर्षाका कारण सिसहनियाँ महोत्सव स्थगित

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिसहनियाँ, २४ पुस । गएराती देखि परेको निरन्तर वर्षाका कारण दाङ देउखुरीको सिसहनियाँ महोत्सवको आठौँ दिनको कार्यक्रम स्थगित भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ पुस १७ गते बाट सञ्चालनमा आएको प्रथम औद्योगिक तथा कृषि व्यापार मेलामा वर्षाका कारण कार्यक्रम स्थलमा पानी जम्नुका साथै हिलाम्मे भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसै बिच आज आउने भनिएका कलाकारहरु नआउने भएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । यसै बिच भोली नवौँ दिन नायक विराज भट्ट, नायिका एलिना राईमाझी, फिल्मी गायक राजनराज शिवाकोटी, गायिका शोभा त्रिपाठी, गायिका लक्ष्मी मल्ल,गायक मोडेल तथा उद्घोषक विजय पुन लगायतका कलाकारहरु आउने भएका छन् । साथै केन्द्रिय कलाकार सँगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने हमालले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *