तुलसीपुरमा प्रदेश स्तरका योजनाको खर्च शून्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ पुस | चालु वर्षको ६ महिना सकिनै लाग्दा पनि तुलसीपुरमा प्रदेश स्तरका योजनाको खर्च शून्य देखिएको छ । प्रदेश सरकारबाट अनुदान प्राप्त ९ वटा योजनाको खर्च शुन्य देखिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालु वर्षमा प्रदेश नम्बर ५ को सरकारबाट प्राप्त ९ योजनाका लागि प्रदेश सरकारबाट प्राप्त १ करोड ६० लाख बजेटको खर्च शून्य देखिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा भित्रको लाहुरे खोला खोनेपानी आयोजना, राइखलियान खानेपानी आयोजना, वडा नम्बर ५ को खानेपानी डिप बोरिङ निर्माण, मानपुर खानेपानी पाइपलाइन विस्तारको खर्च शुन्य अवस्थामा रहेको छ ।

कार्यालयका अनुसार वडा नम्बर ५ को सम्झनाटोलमा खोनेपानी डिप बोरिङ निर्माण, वडा नम्बर १२ को कपडादेवीमा खोनेपानी ट्यांकी तथा मोटर निर्माण, वडा नम्बर १९ को नवजागरण माविको खर्च पनि चालवर्षको ५ महिना सकिन लाग्दा शुन्य देखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त योजनामा रजौराको लक्ष्मीनारायण मन्दीर निर्माण र मर्मत र डुम्रिगाँउमा रहेको भुयारथान मर्मत तथा निर्माणको काम हुन नसक्दा खर्चको अवस्था शुन्य रहेको मलेप कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *