दिप्तीशिखा चौधरी
“थारु सस्ंकृती भेषभूषा हमार पहिचान, दङ्गीशरण गाउँपालिका हमार शान” भन्ने मूल नाराका साथ दङ्गीशरण गाउँपालिकामा हुन गईरहेको माघी महोत्सव २०७५ को तयारी तिव्र पारिएको छ ।
थारु समुदायको बाहुल्यता रहेको दङ्गीशरणमा थारु लोककला, लोकसस्ंकृतीको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रचारप्रसार तथा विभिन्न सरोकारवालाहरुसंग छलफल जारी रहेको छ । अहिलेसम्म महोत्सवको तयारी करिव ८० प्रतिशत काम पूरा भएको महोत्सव मूल आयोजक समितीका संयोजक श्रीप्रसाद चौधरीले जानकारी दिए ।
महोत्सवमा विभिन्न थारु नाच सख्या नाच, मघौटा नाच, छोक्रा नाच, हुर्डुङ्ग्या नाच, महेट्या नाच, सजना, मागर, ढुमरु, रामबेहग्रा, मैना, वनगिढुवा र मुरुवा नाच प्रस्तुत गरिने मूल आयोजक समितीले जनाएको छ । साथै महोत्सवमा थारु लोककला भित्र पर्ने सामग्रीलाई प्रदर्शनीमा राखिने छ ।
यसैबीच थारु नृत्य प्रस्ततु गर्न चाहनेहरुले पुस २६ गतेसम्म नाम दर्ता गराउँन आग्रह गरिएको छ ।