२० दिनमै हस्तकला सामाग्री बनाउन पोख्त

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १९ पुस | घोराही उपमहानगरपालिकाले थारु समुदायका १८ जना महिलालाई हस्तकला सामाग्री बनाउने तालिम दिएको छ । उपमहानगरको पर्यटन तथा संस्कृती प्रबद्र्धन शाखाले नगरका विभिन्न वडाका १८ जना थारु समुदायका महिलाहरुलाई काँसमुजबाट निर्मित हस्तकला सम्बन्धि तालिम दिएको हो । २० दिन सम्म दिईएको तालिममा महिलाहरुले विभिन्न सामाग्रिहरु बनाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इश्वरी चौधरी र राजकुमारी चौधरीले महिलाहरुलाई ति सामाग्रीहरु बनाउने तालिम दिनुभएको हो । तालिम सँगै महिलाहरुले विभिन्न समान राख्ने र सजावटका सामाग्रिहरु बनाउन सिकेका छन् । विषेश गरी थारु समुदायमा बनाईने टोकरी, थाली लगाएतका सामाग्रीहरु उनिहरुले निर्माण गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तालिममा सहभागि हस्तकलाका सामाग्रीहरु बनाउने सिप सिक्न पाएको भन्दै अब यसको बजारीकरणमा पनि स्थानिय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । समितिका संयोजक रमेशकुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले स्वरोजगार बन्न र मौलिक संस्कृती सँग जोडिएका सामाग्रीहरु बनाएर आयआर्जन सँग जोड्नु पर्ने बताउनुभयो ।

त्यस्तै संस्कृत बिद् डा. गोबिन्द आचार्य, नेपाल पत्रकार महासंघका सचिब भुपेन्द्र वली, पर्यटन शाखा प्रमुख बालकृष्ण खनालले सिप र कलालाई अब व्यवसाय सँग जोड्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *