दुर्घटना न्युनिकरणका लागि सडकमा ड्रम

विमल गौतम
तुलसिपुर, पुस १९ । दुर्घटना न्युनिकरणका लागि प्रहरिले सडकमा ड्रम राख्न शुरु गरेको छ । ओभर स्पिडका कारण दुर्घटना वढेको भन्दै प्रहरिले तुलसिपुरका विभिन्न सडकमा ड्रम राख्न शुरु गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इलाका प्रहरी कार्यालय तुलसिपुरको समन्वयमा ट्राफिक प्रहरि कार्यालय तुलसिपुरले आज देखि स्पिड नियन्त्रणका लागि भन्दै ड्रम राख्न शुरु गरेको हो । प्रहरिले दुर्घटना वढि हुने सिधा वाटोको पहिचान गरि विभिन्न ६ ठाउमा स्पिड नियन्त्रणका लागि ड्रम राख्न शुरु गरेको इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपि हरिहरनाथ योगिले जानकारि दिनुभयो ।

प्रहरिले सिधा तथा दुर्घटना हुन सक्ने भन्दै तुलसिपुर सल्यान सडक खण्डमा २ ठाउँ , पश्चिम सडकमा १ ठाउँ , सितलपुर सडक खण्डमा १ ठाउँ र घोराहि सडक खण्डको यातायात नजिक १ ठाउँ गरि जम्मा ६ ठाउमा ड्रम राख्न लागेको ट्राफिक प्रहरी कार्यालय तुलसिपुरका प्रमुख नन्द पोख्रेलले जानकारि दिनु भयो ।जस अन्तर्गत आज तुलसिपुर सल्यान सडक खण्डको मावि रक्षाचौर नजिक ड्रम राखिएको छ । त्यस्तै तुलसिपुर सल्यान सडक खण्डकै माता कुट्टि नजिक समेत राखिने पोख्रेलले वताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पोख्रेलले सडकमा राखियको अवरोध अथवा ड्रमले चालकलाई सचेत वनाउने हुदा दुर्घटना न्युनिकरण हुने अपेक्षा राखेको वताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *