सिसहनियाँ महोत्सवको सम्पर्ण तयारी पुरा, महोत्सवको कानुन मन्त्री सोनामले उद्घाटन गर्ने

ओमप्रकाश गुप्ता
सिसहनियाँ १६ पुस । दाङ देउखुरीको सिसहनियाँमा पुस १७ गते भोली देखि माघ २ गते सम्म सञ्चालन हुन लागेको प्रथम औधोगिक,कृषि तथा व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ । महोत्सवलाई भव्य र सभ्य बनाउन सिसहनियाँ बजारलाई दुलसी झै सिगाँरीएको छ ।
पुर्वमा गोपीनाला, पश्चिममा सिंगेखोला पुल, सिसहनियाँ बजार क्षेत्र र भित्री गाउँ लगायत विभिन्न ठाउँहरुमा स्वागत गेट निमार्ण समेत गरिएको छ । महोत्सवलाई सफा सुन्दर बनाउन सिसहनियाँ बजार,पिपरी बजार र पत्थरगढवा चौबाटो बजार बुधवार सरसफाई समेत गरिएको छ । यसै बिच महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी(सोनाम)ले गर्ने भएका छन् ।
सिसहनियाँ उद्योग वार्णिज्य संघको आयोजनामा कृषि उद्योग व्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान(स्वच्छ सुन्दर सम्वृद्व सिसहनियाँ हाम्रो अभियान भन्ने मुल नाराका साथ सिसहनियाँमा बहुउद्देश्यीय सभाहल बनाउने मुख्य उदेश्यका साथ राप्ती गाउँपालिका वडा नम्बर ५ को दोलाइखोला पुलको उत्तर तर्फको पलाटिङ क्षेत्रमा सञ्चालन हुने महोत्सवमा महानायक राजेश हमाल,नायकर नायिका विराज भट्ट , एलिना राइमाझी,गायक प्रमोद खरेल,प्रकाश सपुत,ज्योती मगर,रामजी खाँड लगायत दर्जानौ कलाकार आउने मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । महोत्सवमा १ सय ७० स्टल रहेको छ ।
२० लाख आम्दानी गर्ने र १ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । भने महोत्सव अवधीभर देउखुरी आइडल सञ्चालन हुने छ जसमा प्रथमलाई १५ हजार,दोस्रोलाई १० हजार,तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै झाँकीमा प्रथम हुनेलाई १० हजार,दोस्रो हुनेलाई ८ हजार,तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २÷२ हजार पुरस्कारको व्यवस्था गरिएको छ। त्यसै गरी कृषि प्रदर्शनीमा प्रथम हुनेलाई १५ सय,दोस्रो हुनेलाई १ हजार र तेस्रो हुनेलाई ५ सय पुरस्कारको व्यवस्था गरिएको छ ।
महोत्सवमा सर्वसाधारणका लागि टिकटदर ७०, विद्यार्थीका लागि ४० र ६५ वर्ष माथिका जेष्ठ नागरिक,अपांग ,दृष्टिविहिनलाई भने शुल्क लाग्ने छैन् । १५ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ । महोत्सवमा जिल्लाको ऐतिहासिक कला, संस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ । भने हस्तकला प्रदर्शनी,कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल अवलोकन, खौराह ताल अवलोकन,भद्राक्षीदेवी मन्दिर देवीकोटमा दर्शन, राप्ती सामुदायिक होमस्टे बगरापुर,बाघनाथबाबा जंगलकुटी अवलोकन, लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् ।
महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय,राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । महोत्सवमा मौतको कुवा, झुला, चर्खे पिङ, बाल उद्यान समेत रहने उद्योग वार्णिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *