कलेज ड्रेसमा सांसद शान्ता चौधरी

दाङ, पुस १५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक शान्ता चौधरी कलेज ड्रेस लगाएर कलेज जानु भएको छ । प्रतिनिधिसभा सांसद चौधरीले यसै वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चौधरीले केही समयअघि कलेज सुरू गरेको भए पनि सोमबारदेखि ड्रेस लगाएरै कक्षाकोठामा पढ्न पुग्नु भएको हो ।  उहाँले काठमाडौं कोटेश्वरस्थित हिमालय कलेजमा कानुन विषय पढिरहनु भएको छ ।

उहाँले कलेज ड्रेस लगाएको फोटो सोमबार आफ्नो फेसबुकमा राख्नुभएको छ । मलाई कानुन पढेर जान्नु छ भन्दै चौधरीले ‘कानुन पढाइ हुने कलेज नै रोजेको बताउनुभयो । उहाँले यसअघि रत्नराज्य क्याम्पस भर्ना भए पनि पढ्नुभएन ।
सांसद चौधरी बिहान ६ देखि १० बजेसम्म कलेज पढ्नु हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘कलेज जान थालेको धेरै भइसक्यो। तर आजदेखि कलेजकै युनिफर्ममा जान थालेकी हुँ,’ उहाँले भन्न्ुभयो । कलेज प्रशासनले हालै सबै विद्यार्थीलाई तोकिएको पोशाक लगाएर आउन सूचना जारी गरेको थियो। कलेजको सूचनापछि आफूले पनि युनिफर्म सिलाएर लगाएको उहाँले बताउनुभयो ।

उहाँलाई कलेज युनिफर्ममा देखेर शिक्षकहरू खुसी भए। उहाँका सहपाठीले हामीजस्तै देखिएको भन्दै रमाए। ‘युनिफर्ममा देखेर सरहरू खुसी हुनुभयो। विद्यार्थी साथीहरूले पनि दिदी आज त हजुर पनि हामीजस्तै देखिनुभयो भन्दै खुसी भए,’ उहाँले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कलेज जाने आफ्नो सानैदेखिको इच्छा पूरा हुँदै गएकोमा चौधरी पनि खुसी हुनुहुन्छ । ‘बच्चैदेखि ड्रेस लगाएर पढ्न जाने रहर थियो। अब पूरा भयो,’उहाँले भन्न्भयो । सांसद चौधरी पहिले १८ वर्ष कमलहरी जीवन बिताउनु भएको थियो । उहाँले तुलसीपुरस्थित महेन्द्र माध्यमिक विद्यालयबाट एसइई दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *