ओमप्रकाश गुप्ता
सिसहनियाँ, १४ पुस । केहि वर्ष अगाडि देखि तामझामका साथ हजारौं रकम खर्च गरी वार्षिकोत्सब मनाउदै अाएको दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्था लि. ले यस वर्ष भने आफ्नो वार्षिकोत्सब फरक तरिकाले मनाएको छ ।
संस्थाले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा रहेका मानसिक सन्तुलन गुमाएका तथा बेसहाराहरूलाई साहारा २५ हजार बराबरको ३१ थान उनको न्यानो टोपी, १५ वटा प्लास्टिकको कुर्सी,१ थान स्टिल दराज र खाजा खुवाउनुका साथै सम्मान गरेर आफ्नो ११ अाैँ वार्षिकोत्सब मनाएको छ । संस्थाका अध्यक्ष देवप्रसाद चाैधरीकाे अध्यक्षता एवंम् ५ नम्बर वडा अध्यक्ष गाेवर्धन रावतकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
निलसागर सेवा आश्रम दाङका संयाेजक प्रकाश विष्ट, संरक्षक छविलाल भैयामगर, मन्जु विष्ट,संस्थाका सल्लाहकारहरु, लेखा तथा सुपरिवेक्षण समिति , विभिन्न उप समिति तथा संचालक समितिका पदाधिकारीहरुकाे सहभागिता रहेको थियोे । हाल आश्रममा जिल्लाकाे भालुवाङ देखि तुल्सीपुर सम्मका ३२ जना सडक अाश्रितहरुकाे उद्दार गरि राखेको छ ।
यसै बिच शान्ति महिला समूहले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र दाङलाई खाद्यन्न सहयोग गरेको छ । राप्ती गाउँपालिका १ भालुबाङका महिला समुहका अध्यक्ष गोमाया केसी, अन्जु बिष्ट,दिपा केसी लगायत सम्पूर्ण सदस्यहरुवाट बेसहारा ,अशहाय तथा अशक्तहरुका लागि दाल, चामल, बिस्कुट, फलफूल, चिनी, चियापत्ति इत्यादि प्रदान गरी सहयोग गरेको हो ।
निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता निलसागरले सो सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगी मनहरुलाई धन्यवाद दिएकी थिइन् ।