बीमा भए मात्र जिवन सुरक्षित हुन्छ : अधिकृत भट्टराई

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

भालुवाङ ११ पुस । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जिवन बीमा भए मात्र भविष्य सुरक्षित हुने बताएका छन् । कम्पनीको राप्ती गाउँपालिका १ भालुवाङमा उपशाखाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले जिवन बीमा मरेपछि मात्र पाउने नभई जिवनको निरन्तरताका साथै दुख,बिरामी भएको बेला पनि सेवा दिने माध्यम भएको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हिजोका दिनमा गलत सुचना प्रवाह भएका कारण बीमा गराउन अझै पनि समुदायका केहि व्यक्तिहरु नमान्ने गरेका कारण अव यसको सुचना तथा चेतना विकासका लागि घरदैलो कार्यक्रम गर्न आवश्यक रहेको बताएका छन् । साथै उनले कम्पनीको हालको अवस्था,लगानी,प्रतिफल,चुक्ता पुजी कोष,जिवन बीमा कोषको स्थिती राम्रो रहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले कम्पनीले बजारमा आएको बीमा क्षेत्रकै अत्यन्त नौलो बीमा योजना जिवन बीमा उपहारको बारेमा पनि जानकारी गराउँदै बीमा लेख नेपाली बजारमा अत्यन्तै पृथक तथा ग्राहकमैत्री भएको स्पष्ट पारेका छन् । कार्यक्रममा कम्पनीका बजार प्रमुख नवीन थापा, ५ नम्बर प्रदेशका प्रमुख शिवप्रसाद पौडेल,एजेन्सी म्यानेजर बालगोविन्द चौधरी,पत्रकारहरु महेश रिजाल र ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

केन्द्रिय कार्यालय काठमाण्डौमा रहेको कम्पनीको शाखा र उपशाखा गरी देशभर १५५ ब्रान्च रहेको छ । कार्यालय उद्घाटन कार्यक्रमको सञ्चालन उपशाखा प्रमुख गंगा चौधरीले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *