दाङ, ११ पुुस | नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् एवं नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् लोकराज अधिकारी र शुभचिन्तक गरिराज अधिकारीको आमाको मृत्यु भएको आज १३ दिन पुगेको छ ।
सामाजिक क्षेत्रका क्रियाशिल अधिकारी दाजुभाईकी आमा घोराही ४ लक्ष्मीपुरमा बस्दै आएकी थिइन । आमा सुभद्रादेवी अधिकारीको निधनको १३ औँ दिनको पुण्यतिथिमा नेपाल पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन दाङ, प्रेस संगठन दाङ, सचेतनाका लागी जानकारी समूहको आयोजनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
त्यस अवसरमा पत्रकार, साहित्यकार एवम चर्चित गीतकार लोकराज अधिकारी र गिरिराज अधिकारीको परिवारले वुवाको स्मृतिमा पत्रकार महासंघ दाङमा स्थापना गरेको “ओकप्रकाश स्मृति पत्रकारिता पुरस्कार“ मा रकम वृद्धि गरेर “ओमप्रकाश सुभद्रादेवी स्मृति पुरस्कार“ स्थापना गरेका छन् ।