चुनौतीलाई चिर्दै प्रगतीमा पद्मोदय क्याम्पस


दाङ, ११ पुस | प्रदेश नं. पाँचकै एक मात्र सामुदायीक क्याम्पस हो–दाङको पद्मोदय क्याम्पस । प्रदेशमा विएस्सी पढाउने पद्मोदय क्याम्पस भन्दा अरु क्याम्पस छैनन् । पछिल्लो समय यो क्याम्पसको विकासका लागि प्रदेश सरकारले समेत चासो दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री सुदर्शन बरालले क्याम्पसको अवलोकन गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा थुप्रै क्याम्पस सञ्चालनमा छन् । कोही आंगिक हुन् भने कुनै नीजिस्तरबाट अध्यापन सुरु गरेका छन् । तर सामुदायीक रुपमा सञ्चालन भएको पद्मोदय क्याम्पस व्यवस्थापन र विज्ञान विषयका लागि उपयुक्त गन्तब्यको रुपमा विकास हुन थालेको छ । अनुभवी शिक्षक, कुशल व्यवस्थापन, एकान्त र शान्त बाताबरणको साथै विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षा प्रदान गर्नमा योजना नै बनाएर लागेको क्याम्पसको चर्चा बढ्न थालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

व्यवहारिक शिक्षाको अभाव भएको समयमा पद्मोदय क्याम्पसका विद्यार्थीहरु अहिले कक्षा कोठामा मात्र सिमित छैनन् । विद्यार्थीहरु समाजमा पुगेर आफ्नो क्षमता विकासका लागि काम गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कतै मेला महोत्सवमा उनीहरुले स्टल नै राखेर विभिन्न बस्तुहरुको बजारीकरण गर्छन् । जसबाट हुन आएको आम्दानीबाट कतै सहयोग, कतै तालिम र कुनै विद्यालयमा अक्षयकोष स्थापना गरेर शिक्षाकै विकासका लागि काम गर्दै आएको क्याम्पस प्रमुख निश्चल आचार्यले बताउनुभयो । ‘हामीले व्यवहारिक शिक्षामा जोड दिन खोजीरहेका छौँ, कक्षामा मात्रै विद्यार्थीले राम्रो अध्ययन गरेर हुँदैन, उस्ले समाजमा पनि राम्रो गर्न सक्नुपर्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रमुख आचार्यले भन्नुभयो, ‘त्यहि भएर कुनै मेला महोत्सवमा हामीले विद्यार्थीहरुलाई मार्केटिङका लागि पठाएका छौँ ।’ यसले समाजमा विद्यार्थीहरु घुलमिल हुन सक्ने, आफ्नो बस्तुको बारेमा बुझाउन सक्ने हुनाले विद्यार्थी भित्र आत्मविस्वास बढ्छ, त्यसले भोलिका दिनहरुमा उस्लाई जीवन बाँच्न सकिन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा प्राविधिक शिक्षामा काम गर्नुपर्छ भन्ने उदेश्यका साथ २०७० साल मंसिरमा स्थापना भएको क्याम्पसले विविएस र विएस्सीका कक्षाहरु सञ्चालन ग¥यो । पहिलो वर्ष विविएस तर्फ १७ जना र विएस्सी तर्फ २५ जना विद्यार्थीहरु लिएर शिक्षाको दुनियामा सुरुवात गरेको क्याम्पस अहिलेसम्म पछाडि फर्किनु परेको छैन । तर तीन वर्षको अध्यापनपछि आर्थिक अभाव, भौतिक पुर्वाधारको कमीका कारण क्याम्पसले विएस्सीको कक्षा रोक्नुपर्ने अवस्था आयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर अहिले सामुदायीक क्याम्पस तर्फ प्रदेशकै एक मात्र क्याम्पसको रुपमा पद्योदयले अहिले विएस्सीका कक्षाहरु सञ्चालन गरेको छ । अहिले सातौँ ब्याजमा क्याम्पसमा २ सय ४६ विद्यार्थीहरु अध्ययनरत छन् । विएस्सीमा १० र विविएसमा १७ जना शिक्षक, ५ जना कर्मचारी रहेको क्याम्पस अहिले भाडामा चलिरहेको छ ।

मासिक ६० हजार भाडा तिर्दै आएको पद्मोदय क्याम्पसले आगामी वर्षदेखि आफ्नै भवनमा सञ्चालन गर्ने तयारी भैरहेको प्रमुख आचार्यले बताउनुभयो । घोराही उपमहानगरपालिका १७ चौघेरा र १६ अम्बापुरमा जग्गाको टुंगो लागिसकेको छ । चालु आर्थिक वर्षकै बजेट तथा कार्यक्रम मार्फत भौतिक पुर्वाधार निर्माणको काम सुरु हुने र आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई आफ्नै भवनबाट अध्ययन गर्न सक्ने बाताबरण बनाउने विषयमा प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले बोल्नु भएको छ ।

क्याम्पसमा अहिले बृहत पुस्तकालय सञ्चालन गरिरहेको छ । विद्यार्थीहरुले बाहिरबाट किताब किन्नै नपर्ने गरी पुस्तकालयकै किताबहरु पढ्ने बातावरण निर्माण गरिएको क्याम्पस प्रमुख आचार्यले बताउनुभयो । साथै ‘ई लाईब्रेरीको कन्सेप्ट’ अनुसार विद्यार्थीले कम्प्युटर मार्फत अध्ययन गर्न सक्ने व्यवस्था समेत क्याम्पसमा छ । विएस्सी अध्ययन गर्ने छात्राहरुको लागि चौथो वर्षसम्म छात्रवृत्तिको व्यवस्था छ । यस्तै विद्यार्थीहरु आफ्नै पल र योजनामा विभिन्न दिवस मनाउने, विभिन्न सान्दर्भिक कार्यक्रमहरु गर्ने गरेका छन् ।

जिल्लामै पहिलो पटक टोपी दिवस मनाउँदै पद्मोदय क्याम्पसका विद्यार्थीहरुले देश र राष्ट्रियता प्रति सम्मानको भावको जागरण ल्याउने काम गर्छन् । ‘विद्यार्थीहरुलाई कसरी आम्दानी गर्ने भन्ने कुरा सिकाउँछौँ, र उनीहरुले त्यहाँबाट गरेको आम्दानीले विभिन्न तालिमहरु सञ्चालन गरेका छौँ ।’ क्याम्पस प्रमुख आचार्यले भन्नुभयो ।

शिक्षक विद्यार्थी समन्वय समिति निर्माण गरेर विद्यार्थीहरुको सर्वाङगिर्ण विकासका लागि कार्यक्रम गर्छन् । क्याम्पसको नयाँ शैली र विद्यार्थीहरुको प्रस्तुतीकै कारण अहिले विद्यार्थीहरुको आकर्षण बढ्दो अवस्थामा रहेको छ । जिल्लाका अन्य क्याम्पसकै तुलनामा रिजल्ट रहेको पद्मोदय क्याम्पसमा अहिले विद्यार्थीहरुको भर्नाका लागि क्षमता भन्दा बढि आउने गरेको क्याम्पस प्रमुख आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *