कारागारबाट फरार गिरी १८ बर्षपछि प्रहरीको नियन्त्रणमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० पुस  | दाङ प्रहरीले कारागारबाट फरार रहेका एक जनालाई पक्राउ गरेको जनाएको छ । दाङ प्रहरीले राजपुरका शिबराज गिरीलाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजपुर गाउँपालिका ५ मैतिनी खोला बस्ने गिरीलाई लुकीछिपी रहेको अबस्थामा बिहीवार पक्राउ गरेको छ । सोही ठाउँका फुर्कीमाया बुढाको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा कारागार जीवन बिताई रहेका गिरी २०५८ सालमा घोराही कारागारबाट फरार रहेको बुझिएको छ ।

गिरीलाई सर्बाेच्च अदालतले २०६२ माघ १९ गते ९ बर्ष ११ महिना १९ दिन कैद सजाय तोकेको थियो । यस्तै जिल्ला बन कार्यालय दाङको जाहेरीमा गिरीलाई बन पैदावार ओसारपसार मुद्दा समेत सजाय तोकीएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बन पैदावार मुद्धामा २०७२ चैत्र २१ गते दाङ देउखुरी जिल्ला अदालतले २५ हजार ९ सय ६७ रुपैया जरिवाना तोकेको थियो । पक्राउ परेका गिरीलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पठाएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *