ग्वारखोला पुल निमार्ण गर्ने कालिका कन्ट्रक्सनका श्रेष्ठ सम्मानीत

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

तुलसीपुर,१० पुस । बिजौरी उद्योग वाणिज्य सघंले ग्वारखोला पुल निमार्णका लागी जिम्मा लिएको कालिका रसुवा जेभि कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई सम्मान गरेको छ । बिहिवार एक कार्यक्रम बिच तुलसीपुर १८ बिजौरीमा श्रेष्ठलाई सम्मान गरेको हो । बिजौरी उद्योग वाणिज्य सघं अध्यक्ष मुक्ती बहादुर वलि (मुकेश) को अध्यक्षता एवं तुलसीपुर वडा नं १८ का अध्यक्ष माधव वलिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले राम्रो कामको सम्मान र सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो । उहाँले कालिका रसुवा जेभि कन्ट्रक्सनले तोकिएको समय भन्दा ७ महिना अगाडी पुलको निमार्ण कार्य सम्पन्न गरेको भन्दै खसी व्यक्त गर्नुभयो । वलिले जति पनि हुने विकास निमार्णका कामहरु यसैगरि समयमै सम्पन्न हुन सके विकास निमार्णले फड्को मार्ने पनि बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले जिल्लाका अन्य पुलहरु सोचे अनुरुप निमार्ण हुन नसकिरहेको अवस्थामा ग्वारखोला पुल छिटो छरितो रुपमा सम्पन्न गरि कालिका रसुवा जेभि एउटा उदाहरणीय पात्र बन्न पुगेको समेत बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठले आफुले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले काम अगाडी बढाएको र सोहि अनुरुप सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाँले निमार्ण कार्य सम्पन्न गर्न आफु मात्र नभई स्थानीय जनसमुदाय तथा आफ्ना सहकर्मीबाट पनि सहयोग र साथ पाएको हुदाँ सफल भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिजौरी उद्योग वाणिज्य सघंका उपाध्यक्ष लेखनाथ खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिरेन्द्र खड्काले गर्नुभएको थियो । साथै सो अवसरमा उद्योग वाणिज्य सघंले श्रेष्ठलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *