धारपानी मन्दिरमा बन्यो अर्को प्रतिक्षालय

शरद रेग्मी
तुलसिपुर, पुस  ७ । त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिले धारपानी मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेको छ । विश्वकै सबैभन्दा ठुलो त्रिशूल स्थापना गरिएको धारपानी मन्दिरमा नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा दर्शनार्थीहरुको सुबिधाका लागि यातायात प्रालिले मन्दिरमा प्रतिक्षालय निर्माण गरेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा मठ मन्दिर र सार्वजनिक स्थानहरूमा आफुहरुले सहयोग गर्दै आएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । अति आबश्यक र उपयोग हुने कुनै पनि सार्वजनिक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको समेत अध्यक्ष हमालले बताउनुभयो । यता आईतबार धारपानी स्थित मन्दिर परिसरमा एक कार्यक्रमका बिच दर्शनार्थीहरुका लागि निर्माण गरिएको प्रतिक्षालय ब्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एव पाण्डब्यश्वर महादेब धाम मन्दिर ब्यबस्थापन समितिका सचिब बिष्णुराम आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तत्कालीन राप्ती समिति र हाल रुपान्तरित त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिले सामाजिक काममा हातेमालो गर्दै आएको भन्दै प्रशंसा गरेका थिए । उनिहरुले समितिले समाजमा गर्दै आएको योगदानको अन्य समितिले पनि सिको गर्नुपर्नेमा जोड दिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा प्रालिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगी, दाङ पर्यटन व्यबसायी सङघका उपाध्यक्ष डा. लोकराज पराजुली,
रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतकाले बोल्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *