घोराही ४ का ८२ जना जेष्ठ नागरिकलाई न्यानो कपडा

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ६ पुस | घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा र फलफुल वितरण गरेको छ । वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेका ८२ जना जेष्ठ नागरिकहरुलाई न्यानोका लागि ब्लाङकेट प्रदान गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालु आर्थिक बर्षको कार्यक्रम तथा एक लाख रुपैयाँको बजेटबाट उक्त न्यानो कपडा सहित फलफुल प्रदान गरेको हो । वडा अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकको सम्मानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

जेष्ठ नागरिकलाई सबैले सम्मान, माया र सद्भाव गर्नुपर्छ भन्ने सन्देश दिन पनि स्थानिय सरकारले जेष्ठ नागरिकलाई न्यानो कपडा, निशुल्क स्वास्थ्य जाँच, मोतिया बिन्दुको अप्र्रेशन जस्ता कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जेष्ठ नागरिकबाट अनुभव, ज्ञान, सिप नयाँ पुस्ताले ग्रहण गरेरै अघि बढ्नु पर्नेमा नगर प्रमुख चौधरीले जोड दिनुभयो । वडा सचिब केशबराज थापाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा वडा अध्यक्ष भीमबहादुर सार्कीले जेष्ठ नागरिकको सम्मानले मात्रै नयाँ पुस्ताले सहि बाटो अपनाउने बताउनुभयो ।

सम्मान पाएका जेष्ठ नागरिकहरुले स्थानिय सरकारले आफुहरुको हेरचाह गरेको भन्दै खुशी व्यक्त गरेका छन् । ९१ बर्षिय जेष्ठ नागरिक मुमाकान्त आचार्यले जनप्रतिनिधीहरु आएपछि घरमै उपचार, न्यानो कपडा बितरण र सडक बिस्तारले आफुहरु निकै खुशी भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *