बहुबिबाह र बालविवाहको कानुन कार्यान्वयन भएन

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुशील बस्नेत

दाङ, पुस ५ । न्याय र सुरक्षा सम्बन्धी सेवा प्रदायक र समुदाय विच सार्वजनिक संबाद कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ हेमान्तपुरमा सम्पन्न भएको छ । मधेस मानव अधिकार गृह माहुरी होम कपिलबस्तुको आयोजना भीएसडी र डिएफआईडिको साझेदारीमा सञ्चालीत सहज परियोजनाको न्याय र सुरक्षा सम्बन्धि सेवा प्रदायक र समुदाय बिच सार्वजनिक संबाद कार्यक्रम गरीएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

झण्डै ७० बढी सेवाग्राहीको सहभागितामा भएको सार्वजनिक संबाद कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख एबम न्यायीक समितिका संयोजक माया शर्मा, उच्च अदालत तुलसीपुरका उपसचिब मानबहादुृर बिष्ट, सरकारी वकिल कार्यालय दाङका शाखा अधिकृत ढकबहादुर रावत, ईलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डन, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का अध्यक्ष माधव वली, वडा नम्वर ६ का वडा सदस्य युवा करारा, वडा नम्वर १७ का वडा सदस्य लहरु चौधरी, वडा नम्वर १७ का वडा सदस्यहरु रुपा बिक, जुगुनी चौधरी, सीतलप्रसाद बुढा, प्रदेश नम्वर ५ प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी सहायक निरिक्षक (महिला सेल) सरस्वती थापा र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि (महिला सेल) प्रहरी जवान झरना जिसीले सेवाप्रदायक निकायको तर्फबाट नागरिकलाई जानकारी गराउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

न्यायीक समितिका संयोजक माया आचार्यले न्यायिक समितिले गरी रहेको कार्य प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कानुनले दिएको अधिकार बाहिरका बिषय पनि न्यायिक समितिमा आउन थालेको जानकारी दिनुभएको थियो । उच्च अदालत तुलसीपुरका उपसचिव मानवहादुर बिष्टले बन्दी प्रतिक्षीकरण रिट र निषेधाज्ञाका बारेमा जानकारी गराउनुभएको थियो । उहाले फौजदारी संहिता, देवानी संहिता लगायत बिषयमा जानकारी गराउनुभएको थियो ।

सरकारी वकिल कार्यालय घोराहीका शाखा अधिकृत ढकबहादुर रावतले बहुबिबाह र बाल बिबाहका घटना दर्ताका बिषयमा जानकारी गराउनुभयो । जनप्रतिनिधिहरुले यी बिषयमा प्रचलित कानुन कार्यान्वयन गर्न अझै नसकेको दावी गर्नुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डनले नागरिकता, घटना दर्ता, नाता सम्बन्ध कायम लगायतका प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा चित्रा बिक, मानसिंह सुनार, टिकाराम खत्री, सर्जन परियार, ज्वाला पौड्ेल लगायतले कानुनी अडचन र नागरिकको पहुँचका बारेमा चासो ब्यक्त गर्नुभएको थियो । त्यसअवसरमा वडा अध्यक्ष माधव वली, सदस्य युवा करारा, लहरु चौधरी लगायतले नागरिकहरुको चासो र जिज्ञासाका बारेमा प्रष्टाउनुभएको थियो । वडा अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य माहुरी होमकी देवा पोख्रेलले गर्नुभएको थियो भने सहजीकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *