घोराहीमा युवाहरुद्धारा रक्तदान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ५ । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको स्वास्थ्य तथा रक्त सञ्चार उपसमितिलेको आयोजनामा शनिबार युवाहरुले रक्तदान गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपसमितिका संयोजक प्रदिप मजगैंयाको अध्यक्षता एवं उपशाखा घोराहीका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यमा भएको औपचारीक कार्यक्रममा वोल्ने वक्ताहरुले रगतको विकल्प नभएकोले नियमित रक्तदानले मानव सुरक्षामा वल पुग्ने वताएका थिए । आयोजीत कार्यक्रमा वोल्दै ब्लड वैक घोराहीका प्रमुख दिलिप न्यौपानेले १८ वर्ष देखि ६० वर्ष सम्मका नागरीकले रक्तदान गर्न सकिने भन्दै रक्तदान मानव सेवा भएको वताउनुभयो । उहाँले कतिपय नयाँ मानिसमा अझै मनोवैज्ञानिक भ्रमहरु वाँकी भएकोले सचेतना फैलाउनु पर्ने वताउनुभयो ।

आज नवराज खत्रि, कृष्ण विश्वकर्मा, राजेश चौधरी, भेपेन्द्र नेपाली, अमर विष्ट, तिलमाया जि.सि., युगेश नेपाली, कमला पौडेल, दिपेन्द्र नेपाली, सन्तेष भन्डारी, मन्जु सुनार, अमिनसिङ ठकुरी, प्रदिप मजगैया लगाएत दुइ दर्जन युवाहरुले रक्तदान गर्नु भएको थियो । त्यस्तै डिफेन्स क्लवका सुजन खड्का, टिका वहादुर थापा, सुरज वि.क, प्रेम वुढा, रुद्र प्रसाद पन्थी लगाएतकाले पनि त्यस अवसरमा रक्तदान गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रम शान्ती पेपर व्याग हाउसको सहयोगमा भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव ईन्द्र वि.सी.ले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *