घोराहीमा माघि महोत्सव हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ५ । थारू कल्याणकारीणी सभा दाङको मुख्य आयोजना र एक दर्जन बढी संघसंस्थाको सहआयोजनामा दाङको घोराहीमा माघ महोत्सव गर्ने भएको छ । थाकस दाङका सभापति भुवन चौधरीको अध्यक्षतामा आज घोराहीमा बसेको एक भेलाले यहि पुस २५ र २६ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा महोत्सव गर्ने निर्णय गरेको हो ।


महोत्सवमा दाङ जिल्लाभरिका विभिन्न गाउँहरुको मघौटा नाच, बर्का नाचसङ्गै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने थाकस दाङका सचिब प्रकाश चौधरीले जानकारी दिए । साथै महोत्सवमा थारु जातिका विभिन्न मौलिक खानपनीको संवाद एवं थारू हस्तकला र थारू संस्कृति झल्कने विभिन्न सामग्रीहरुको प्रदर्शनी समेत रहने सचिब चौधरीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा थारू समुदायबाट गत वर्ष सीईईको नतिजामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने एक छात्रा र छात्रलाई सम्मान पनि गरिने सचिव चौधरीले जानकारी दिए । यसैबीच महोत्सवलाई सफल बनाउन थाकस दाङका सभापति भुवन चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिती गठन गरिएको छ ।

केबि चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति, सन्तोष दहितको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, लक्ष्मीमान चौधरीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, अशोक चौधरीको संयोजकत्वमा युवा परिचालन उपसमिति, माधव चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, अनिल चौधरीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, भुवन चौधरीको संयोजकत्वमा सम्मान उपसमिति र रामपती चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सव सफल बनाउन पुनः अर्को भेला आउँदो शुक्रवार ११ गते बस्ने निर्णय भेलाले गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *