घोराहीमा पर्यटन बर्ष सफलपार्न सचिवालय स्थापना

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीमा पर्यटन बर्ष सन् २०२० सफल पार्नको लागि पर्यटन समन्वय सचिवालय स्थापना गरिएको छ । जिल्ला बन कार्यालयले हेर्ने गरि जिल्ला पर्यटन प्रवद्र्धन समितिको सचिवालय स्थापना गरिएको हो । जिल्ला समन्वयको कार्यालयमा स्थापना गरिएको सचिवालयको प्रदेश न ५ का सासद अमरबहादुर डाँगी उद्घाटन गरेका थिए ।


सचिवालय उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक जितेन्द्रमान नेपाली, जिल्ला प्रसाशन कार्यालयका साहेक प्रमुख जिल्ला अधिकार गन्जबहादुर एमसी, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, अन्य जनप्रतिनीधि, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *