चिसो रातमा सडकमै सुत्ने असहायलाई कम्बल, अवस्था दयनिय

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, पुस ४। घोराहीमा केही समयदेखी सामाजिक काममा युवाहरु सक्रिय भएका छन् । घोराहीका सड़कमा रात बिताउने असहायहरुलाई कम्बल सहयोग गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही १४ का सक्रिय युवा नरेन्द्र पुन, घोराही १५ का राप्ती आवासीय माध्यमिक बिध्यालयका सहायक प्रधानाध्यापक मुकेश डिसी र घोराही १५ न्यु रोडमा रहेको गोल्ड स्टार जुत्ता शोरुमका सञ्चालक आदित्य भट्टराईले संयुक्तरूपमा असहायहरुलाई कम्बल वितरण गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडकमा सुत्नेहरुको अवस्था निक्कै दयनिइ देखेको भन्दै उनीहरुलाई सहि पुर्नस्थापनाका लागि स्थानीय सरकारले सोँच्नुपर्ने पुनले बताउनुभयो । तत्कालको लागि युवाहरु मिलेर कम्बल वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जाडो मौसममा चिसोले मरन्नासन्न अवस्थामा पुगेका घरबिहिन भएका वृद्दवृद्धाहरुलाई युवाहरुले बिहीबार राती न्यानो कम्बल सहयोग गरेका हुन । घरबार नभएका सडक छेउमा घरको पेटीमा सुतिरहेका घोराहीबासीलाई रातमा स्थलगत पुगेर कम्बल वितरण गरिएको नरेन्द्र पुनले बताउनुभयो । चिसो मौसममा बजारको सडक पेटीमा सुतिरहेका ६ जनालाई कम्बल वितरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *