आँखा उपचार सेवालाई सहज बनाउने प्रतिवद्धता

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ३ पुस | नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्राडा चेतराज पन्तले आँखा उपचार सेवालाई सहज र सुल्भ गराउदै लैजाने बताएका छन् । नेपाल नेत्रज्योति संघ दाङद्धारा सञ्चालीत छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजनामा विहिवार आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नवनिर्वाचित भएका अध्यक्ष पन्तले विगत देखिनै नेपाल नेत्रज्योति संघले नेपालमा अन्धोपन निवारर्णका लागि आँखा अस्पताल र उपचार केन्द्रहरु स्थापना गरेर अन्धोपन न्यूनिकरणका लागि विभिन्न सेवा दिएको भन्दै अझैपनि धेरै व्यक्तिहरु उपचार सेवा बाट बन्चीत भएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले अब जनतालाई सहज आँखा उपचार सेवा दिनका लागि स्थानीय निकायहरु संग साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताए । ‘हामीले संघको माध्यमबाट विभिन्न दातृनिकायहरुको सहयोगबाट आँखा उपचार सेवा पु¥याएका छौं अव त्यसलाई थप प्रभावकारी गराउदै स्थानीय सरकार संग साझेदारी कार्यक्रम सञ्चालन गरि गाउँ घरमै सेवा दिने छौं उनले भने ।

उनले सामान्य आँखाको उपचार सेवा लिनपनि अस्पताल सम्म आउनुपर्ने बाध्यता अत्यका लागि गाउँपालिका स्थानीय निकायमै सेवा प्रवाह गर्ने बताए । उनले दाङका नेपाल नेत्रज्योति संघले तिनवटा आँखा अस्पताल र उपचार केन्द्रहरु सञ्चालन गरि अन्धोपन निर्वारणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै धन्यवाद समेत दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोख्रेलले नेपालमा आँखा उपचार सेवा प्रभावकारी भएको भन्दै यसलाई थप प्रभाकारी गराउने बताए । उनले स्वास्थ्य क्षेत्र अन्र्तगत आँखा झनै सम्वेदनशिल अंग भएको भन्दै जिम्मेवार भयर गुणस्तरी सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीले संघद्धारा सञ्चालन भएका तिन वटा आँखा अस्पतालहरुले सावीकको राप्ती तथा अन्य छिमेकी जिल्ला र छिमेकी भारतका नागरिकहरुलाई समेत सेवा पु¥याएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले आफुहरुले कुनै पनि व्यक्ति आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चीत नहोस भनेर आफुहरुले स्थानीय सरकार संगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चाल गरेको बताए ।

‘हामीहरुले पहिलो पटक स्थानीय सरकार संगको साझेदारीमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेका छौं, त्यस संग संगै भौतिक विकाशका लागि पनि सहयोग मागेका छौं –उनले भने । उनले यहाँ सञ्चालन भएका अस्पताललाई सुविधा सम्पन गराउन लागेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवि रिजालले नवनिर्वा्चित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका निः चिफ मेडिकल डाइरेक्टर नेत्र विशेषज्ञ डा.सन्तोष सुवेदीले अस्पतालले हाल सम्म दिएका सेवाहरु आवश्यक जनशक्ति लगायतका वारेमा प्रकाश पारेका थिए । त्यस्तै उनले नवनिर्वा्चित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।

छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले अस्पतालको समग्र गतिविधिको वारेमा जानकारी गराउदै स्वागत मन्तव्य व्यक्तगरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *