‘भ्रमण वर्ष सफल बनाउन जुट्दै दङ्गाली’

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, पुस १ | भम्रण वर्ष २०२० नजिकदै गर्दा दाङका यातायात व्यवसायिहरु भम्रण वर्ष सफल वनाउन अभियानमा जुट्न थालेका छन् । दाङको सवै भन्दा पूरानो र धेरै यातायातका साधनहरु आवद्ध भएको त्रिदेश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेड दाङले भम्रण वर्ष सफल बनाउनको लागी दाङका तिनवटा क्षेत्रवाट अभिायन थालेको हो । लिमिटेडले लमही, घोराही र तुलसीपुरवाट अभिायन सुरु गरेको प्रालिका अध्यक्ष शुरेश हमालले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मंगलवार लिमिटेडले लमहीमा वृहत्त कार्यक्रमका विच अभिायन सुरुवात गरेको हो । लिमिटेडलका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवं लमही नगरपालिकाका प्रवक्ता बिमवहादुर केसीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा प्रवक्ता केसी र प्रा.लिका अध्यक्ष हमालले भम्रण वर्ष २०२० सफल पार्न ‘दाङ देउखुरी घुम्न जाउ’ भन्ने दाङ देउखुरीका पर्यटन तथा धार्मिक स्थलहरुको चित्र सहितको स्टकर यात्रुवाहक गाडीहरुमा टाँसेर अभियान सुरु गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रवक्ता केसीले भ्रमण वर्ष सफल पार्न यातायात व्यवसायिले गरेको अभिानको प्रशसा गर्दै अभियानमा लमही नगरपालिकाले सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भ्रमण वर्ष सफल पार्न सरसफाइ, खानेपानी, होटलहरुका सुविधा, प्रचारप्रसार यातायात पूर्वाधार आवश्यक पर्ने र त्यस मध्य पनि यातायात र यातायात व्यवसायिको ठूलो भूमिका रहने हुदा व्यवसायिहरुले अ–आफनो क्षेत्रवाट भूमिका खेल्न प्रवक्ता केसीले आग्रह गर्नुभयो ।

उक्त अवसरमा लिमिटेडका अध्यक्ष हमालले भ्रमण वर्ष सफल पार्न यातायात व्यवसायिहरुले अ–आफनो गाडीहरुको सरसफाइ गर्दै यात्रुमैत्री बन्न व्यवसायि तथा कर्मचारीलाइ निर्देशन दिनुभयो । हिजोका दिनमा यातायातको क्षेत्रका काम गर्नेहरुको वानी व्यहारका कारण अहिले पनि यातायात कर्मीहरुलाइ हेर्ने दृष्टीकोण नकारात्मक रहेको विचार राख्दै, अव हिजोका दिनमा जस्तै गरिने व्यवहारले यातायात कर्मीहरुलाइनै नोक्शानी हुने अध्यक्ष हमालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नं. ५ का अध्यक्ष केपि घिमिरेले भम्रण वर्षलाइ सफल पार्न यातायात व्यवसायिको महत्वपूण हात हुने भएकोले यातायातमा कसरी सौलियत दिने भन्ने सोच्न लिमिटेडलाइ सुझाव दिनुभयो । लिमिटेडका प्रशासनियक सचिव नारायण न्यौपानेको विषय प्रवेशवाट सुरु भएको कार्यक्रमको सहजिकरण लिमिटेडका प्रेस संयोजक सरद रेग्मीले गर्नु भएको थियो । दाङ देउखुरी पर्यटकिय तथा धार्मिक स्थलको धनी जिल्ला मानिन्छ ।

रिहार, धारापानी, अम्वेकेश्री, जखेराताल, बागनाथ बाबा जंगलकुटी, वाह्रकुने दह लगायतका अत्यान्तै महत्वपूर्ण स्थालहरु रहेका छन् । उक्त स्थलहरुको प्रचारप्रसार गरि आन्तरिक तथा बाहार्य पर्यटकहरु दाङ भित्राउने उद्देश्यका साथ अभियान सुरु भएको हो । लिमिटेडले सोमवार तुलसीपुरमा र मेगलवार लमही र घोराहीमा अभिायनको सुभारम्भ गरेको जानकारी गराएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *