पत्रकार महासंघ दाङको २७ औं स्थापना दिवसमा रक्तदान(फोटो फिचर )

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुष १। नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसका अबसरमा आज घोराहीमा रक्तदान र शाखा परिसरमा सरसफाई गरेको छ । शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा १८ जना पत्रकारहरुले रक्तदान गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमा अध्यक्ष सविन प्रियासन, सचिव भुपेन्द्र वली, लक्ष्मी आचार्य, लिलाधर वली, गणेश वली, कमल वली, जनक नेपाली, देवी भण्डारी, लोकराज साधक, जंग रेउले, विवेक खड्का, संगिता चौधरी, नविन अभिलाषी, यमकला भुसाल, छवि पुरी, प्रकाश चौधरी, खड्ग शर्मा र पिताम्वर रिजालले रक्तदान गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल रेडक्रस सोसाईटी द्धारा सञ्चालित घोराही रक्त सञ्चार केन्द्रका प्राविधिकहरु इच्छा वुढा, गोविचन्द्र चौधरी, दिलिप चौधरी र एसोधा थापाको टोलीले महासंघको भवनमा व्लड संकलन गरेको थियो । त्यसअबसरमा रक्तदान गर्नेप्रति अध्यक्ष प्रियासनले सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै महासंघले पौष २ गते लमही स्थित क्रिकेट मैदानमा जनप्रतिनिधि र पत्रकारहरुबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, पौष ३ गते तुलसीपुरमा पत्रकारहरुका लागि निशुल्क आँखा शिविर र पौष ४ गते घोराहीमा पुरस्कार तथा सम्मान वितरण समारोह आयोजना गरिएको शाखा अध्यक्ष प्रियासनले जानकारी दिनुभएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *