ऋण मिनाह गरिदिने बहानामा यौन सम्बन्ध

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ पुस । सुखद दाम्पत्य जीवनको सपना बुनेर दाङबाट काठमाडौं गएकी ३० वर्षीया अनिता (नाम परिवर्तन) श्रीमानले छोडेपछि संकटमा थिइन् । एकातिर श्रीमानले छाडेर हिँडेको पीडा, अर्कोतिर सानी छोरीसँग आफूले हातमुख जोर्नुपर्ने बाध्यता ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छोरीसहित बालाजु पुगेकी उनको अवस्थाबारे रोमराज पुतुवार र लाले गुरुङ जानकार थिए । श्रीमान हुँदा नजिकै बस्ने ३९ वर्षका रोमराज र ४९ वर्षका लाले बेलाबेला कोठामा आउजाउ पनि गर्थे, त्यसले चिनजान पनि थियो । हातमुख जोर्न नै समस्या आइपरेपछि अनिताले उनीहरुलाई नै आफ्नो सम्झिइन् ।

रोमराजसँग केही हजार ऋण लिएर आफ्नो दुःख टारिन् । तर त्यही ऋण उनका लागि गलपासो बन्यो । उनले कमाएर ऋण तिर्न सकिनन् । रोमराजले पैसा मागिरहे । २१ मंसिरमा कोठामा गएका उनले अनौठो प्रस्ताव राखे, शारीरिक सम्बन्ध राख्न दिए पैसा फिर्ता दिनु पर्दैन भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनिताले केही सोच्न पनि सकिनन् । उनले पैसा तिर्न सक्ने अवस्था नभएपछि रोमराजलेआफ्नो यौन तृणा मेटिहाले । रोमराज त्यतिमै रोकिएनन् , फेरि आउँदै जबरजस्ती सम्बन्ध राख्न थाले । रोमराजको पछि लागेर लाले पनि आए र बलपूर्वक यौन सम्बन्ध राखे ।

अनिता श्रीमानबाट पीडित भएको भन्दै शुक्रबार एक गैरसरकारी संस्थाको सम्पर्कमा पुगिन् । काउन्सिलिङका क्रममा उनले आफूमाथि सामूहिक बलात्कार समेत भएको खुलाइन् । त्यही संस्थाको सहयोगमा उनले महानगरीय प्रहरी वृत्त, बालाजुमा उजुरी दिएकी छन् । र, रोमराज र लाले पक्राउ परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ परेकालाई मंगलबार (आज) जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद थप गरी विस्तृत अनुसन्धान थालिने बालाजुका डीएसपी बालनरसिंह राणाले बताए ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

फाइल फोटो

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *