नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा भिड्दै भण्डारी

नवीन अभिलाषी
जेसीज एक विश्वविद्यालय । १८ बर्षदेखि ४० बर्षसम्मका हजारौँ युवाहरुको साझा निकाय नेपाल जेसीजको ४६ औँ महाधिबेसन चितवनको रत्ननगरमा हुँदैछ । रत्ननगर जेसीजको आतिथ्यतामा आगामी पौष ९ देखि १२ गतेसम्म हुन थालेको नेपाल जेसीजको महाधिवेसनले सन् २०२० को लागि नयाँ नेतृत्व चयन हुँदैछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देशका एक सय पचास भन्दा बढि नेपाल जेसीजका शाखाहरु मध्य दाङको त्रिभुवननगर जेसीजलाई कुशलतापुर्वक नेतृत्व गरिसक्नु भएका लालमणी भण्डारी नेपाल जेसीजको ४६ औ महाधिवेसन मार्फत सन् २०२० को कार्यकारीणी उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । व्यक्तित्व विकास गर्दै सामाजिक रुपान्तरणका लागि दृढ विस्वास लिएर एक दशक पहिले जेसीजमा प्रवेश गर्नुभएका घोराही निवासी लालमणी भण्डारी सन् २०१८ त्रिभुवननगर जेसीजको अध्यक्षको रुपमा युवा समाजलाई नेतृत्व गरिसक्नु भएको छ ।

कुनैपनि युवा, धर्म, लिङ्ग, वर्ण, जाति, पेशागत भेदभाव विना जेसीजको सदस्य बन्न सक्छन् । जेसीज त्यस्तो विद्यालय हो जहाँ उस्ले जीवनलाई सार्थक बनाउनका लागि आफुनो अन्र्तनिहित क्षमताको विकास गर्दै सिंगो समाजको नेतृत्व गर्ने क्षमता निर्माण गर्न सक्छ । व्यवसायीक क्षेत्रमा चिरपरिचित भण्डारी दाङमा रहेका हजारौँ युवाहरुको भिडबाट एउटा नेतृत्वमा पुगेर नेपाल जेसीजको केन्द्रमा पुग्ने कम युवाहरु मध्य उहाँ एक हुनुहुन्छ । त्रिभुवननगर जेसीजको सदस्य देखि अध्यक्ष हुदा सम्म उहाँले गरेका कार्यहरु उदाहरणीय मात्र बनेका छैनन्, अहिलेका युवाहरुको लागि ती कार्यहरु प्रेरणाका स्रोत र सिक्ने अवसरको रुपमा निर्माण भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भण्डारीकै नेतृत्वमा सन् २०१८ मा नेपाल जेसीजको एरिया डी सम्मेलन भएको थियो । सो कार्यक्रम नेपाल जेसीजले उत्कृष्ट सम्मेलनको रुपमा मुल्यांकन गरेको भण्डारीले बताउनुभयो । आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा जानकारी दिदै भण्डारीले भन्नुभयो, ‘मेरो कार्यकालमा ठुला साना धेरै प्रकारका कार्यक्रमहरु सम्पन्न गरेका छौँ, खेलकुदको क्षेत्रमा जेसीज हाफ म्याराथुन र राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेका थियौँ । यस्ता खेलले जेसीजलाई खेल क्षेत्रमा जोड्नका लागि ठुलो मद्यत गरेको छ ।’ उहाँले भन्नुभयो, ‘घोराही उपमहानगरपालिका वडा न १३ मा रहेका मौलाकोटलाई जेसीज ग्रामको रुपमा विकास गर्ने र त्यसलाई परियोजनाकै रुपमा अगाडी बढेको छ, अघिल्लो वर्षबाट निर्माण सुरु भएको अत्याधुनिक पुस्तकाय तथा वाचनालयको अधिकांश निर्माण कार्य हाम्रै वर्षमा भएको थियो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सम्पुर्ण युवाहरुको सहयोगमा सचिवालयको विकास सम्भव भएको भण्डारीले बताउनुभयो । भण्डारीकै पालामा छिमेकी जिल्ला सल्यानमा सल्यान जेसीजको स्थापना भएको थियो भने एक वर्षको कार्यकालमा युवाहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि र थुर्पै सामाजिक कार्यक्रमले जेसीजलाई समाजमा काम गर्ने निकायको रुपमा स्थापित गरेको उहाँ बताउनु हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन् २०१९ मा उपाध्यक्षको भुमिकाबाट आफ्नो जिम्मेवारीमा रहेका शाखाहरुको विकासका लागि ठुलो भुमिका खेल्नु भएका भण्डारीले अब आगामी वर्षका लागि कार्यकारीणी उपाध्यक्षको रुपमा आफुलाई अगाडी सार्नुभएको छ । नेपाल जेसीज अन्र्तगत क्षेत्र क मा निरुपित हुनु भएका भण्डारीले एक वर्षमा शाखा र ती १२ शाखाहरुमा आवद्ध जेसीज युवाहरुको विकासका लागि महत्वपुर्ण काम गर्नुभएको थियो । नेपाल जेसीजमा उहाँले नोभेम्बर महिनामा नेशनल अफिसर अफ द मन्थ लगाएत विभिन्न पुरस्कार, सम्मान र अवार्डबाट समेत सम्मानित हुनु भएको छ । नेतृत्वमा पुगेर मात्रै धेरै काम गर्नै सकिने भएकाले उहाँले कार्यकारिणी उपाध्यक्षमा पु¥याउन सम्बन्धीत सबै जेसीज युवा साथीहरुलाई अपिल समेत गर्नुभयो । जेसीजको आस्था, भिजन, मिसन र जेसीजको स्टाटिजीक योजना भित्र रहेर आगामी वर्ष २०२० मा आफुलाई समर्पित गर्ने उच्च अभिलाषाको साथमा कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

बुवा उमाकान्त भण्डारी र आमा पीमा भण्डारीको कोखबाट माईलो छोराको रुपमा जन्मिनु भएका लालमणी भण्डारीको व्यवसाय दाङदेखि पश्चिम नेपालको धनगढीसम्म फैलिएको छ, भने उहाँको हार्डवयरको व्यवसाय पश्चिम नेपालमै राम्रो मानिन्छ । उहाँ जेसीजमा मात्र नभई रोटरी, हार्डवयर व्यवसायी समिति, रेडक्रस, बराह क्षेत्र धार्मिक संरक्षण समितिमा समेत आवद्ध रहेर उदाहरणीय काम गर्दै आउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेतृत्व र व्यक्तित्व विकास गर्न, आत्मविश्वास बढाउन, कार्य क्षमता बढाउन, उत्तरदायी तथा सक्रिय व्यक्ति बन्न, संकोच हटाउन पनि जेसीज चाहिन्छ । व्यवस्थापन प्रक्रिया सिक्न, विचारहरु आदानप्रदान गर्न, विभिन्न वर्गका व्यक्तिहरुबीच भेटघाट गर्न, सम्पर्क एवम् व्यवसाय बढाउन पनि जेसीजले ठुलो सहयोग गर्छ । त्यहि जेसीजमा आवद्ध भएर सिक्दै सिकाउदै नेतृत्वमा पुग्न सफल लालमणी भण्डारीले सन् २०२० को लागि कार्यकारीणी उपाध्यक्षको रुपमा आफुलाई जिताउन सबैलाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *