बैंक ह्याकिङ प्रकरणः विदेशी ह्याकर नेपाली एजेन्ट, यसरी खुल्यो कर्तुत

बैंकको सिस्टम हृयाक गरि अनलाइन मार्फत ठगी गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका विशेश्वर प्रसाद तिवारी तथा सन्दीप कलवास र दोलखाका रमेश खड्का रहेका छन् । पक्राउ परेका तीनै जनालाइ महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरि आजै सार्वजनिक समेत गरिसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महाशाखाका अनुसार विश्वका बिभिन्न देशहरुबाट नेपालका बैंक तथा वित्तीय संस्थाको सिस्टम ह्याक गरि लुटने गरेको तथ्य समेत पत्ता लागेको छ । साथै उनिहरुले नेपाली एजेन्टहरु समेत परिचालन गरेको पाइएको छ । त्यतिमात्र नभएर उनीहरुले अनलाइन मार्फत आकर्षक उपहार दिने भन्दै ठगि गर्ने गरेका थिए ।

नाइजेरियन तथा भारतीय नागरिकले नयाँ दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएको महाशाखाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै उक्त गिरोहले नेपालमा कृषि विकास बैंक र पानश रेमिट ह्याक गरी ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए । साथै  बैंक अफ काठमाडौं, प्रभु वैंक, मेगा बैंक, हिमालयन, सनराइज, सिटिजन लगायतका बैंकको खाता प्रयोग ह्याकरहरुले गरेको प्रहरीले जनाएको छ ।

महाशाखामा अनुसार त्यसरी विदेशी ह्याकरहरुले ह्याक र ठगी गरेको रकम नेपालका एजेन्टहरुलाई १५ देखि २० प्रतिशत दिने गरेका थिए । भने बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ठगि बाट उनिहरुले हालसम्म १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको समेत तथ्य फेला परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालका बैंक तथा वित्तीय संस्था ह्याक गर्नका लागि ४० नेपाली एजेण्टहरुले सो परिचालित गरेका थिए।  ।साथै पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एक जनाले ६ वटासम्म खाता खोलेका थिए । उक्त गिरोहबाट धेरै नेपाली लुटिएका छन् । ति मध्ये १५ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *