नाबालक छोराको साहारामा जिवन ज्युदै रोमलाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ २४ मंसिर । धूलो र मैलोले कटकटिएका छन् उनका ओढ्ने, बिछ्याउने अनि लगाउने कपडाहरु । विचरा रोमलाल गिरीको अत्यन्तै दर्दनाक अवस्था छ । साथमा ९ वर्षको सानो नाबालक छोरा मनोज गिरी छन् । तिनै नाबालक मनोजका भरमा चलेको छ, यी गिरी बावुछोराको दिनचर्या । बिहानै उठेपछि तिनै नाबालक मनोजले घरमा काम गर्न शुरु गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घरमा बढार कुढार, जुठो भाडो, अनि भान्साको काम सबै काम आफै गर्छन् मनोजले । अनि अपांग बाबुलाई खानापिना गराएर हतार हतार विद्यालय जान्छन् उनी । विद्यालयबाट फर्केर आएपछि पनि घरको काम गर्नुपर्छ मनोजले । पिलोमाथी पीडा, भनेझैं मनोजकि आमाले उनी ३ वर्षको छदै अर्कै नौजवान परपुरुषसित उनलाई चटक्कै छोडेर गइन् । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी गिरी दक्षिणी भारतको चेन्नई शहरमा मनोजका बाबु रोमलाल एउटा साहुकहा नोकरी गर्थे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नोकरीमा लागेको दुई वर्ष पनि नपुग्दै रोमलाल एक्कासी लडेर उनको ढाड भाचिन गयो । साहुले केही रकम खर्च गरेर सल्यक्रिया ९ अपरेसन गराइदियो । साथी उनको लागि एउटा पाङ्ग्रे कुर्सी ९ ह्वील चेयरको व्यवस्था पनि गरिदियो । त्यस्तो कन्तविजोग अवस्थामा नै मौका छोपेर मनोजकी आमा अर्को लोग्ने मान्छेसँग गइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन वर्षको नाबालक छोरा मनोज साथमा, आफू अरुको सहयोगले ह्विल चेयरमा बस्नुपर्ने । अब कहाँ जाने रु र कसो गर्ने रु भन्ने कुरामा केही सोच्नै सकेनन्, मनोजका बाबुले । धन्न, प्युठान धर्मावती मानागाउँ निवासी मिठु पुरी र अन्य केही नेपाली साथीहरूको सहयोगमा रोमलाल त्यस नाबालकलाई च्यापेर नेपाल फिरे । दाङ देउखुरीको लालमटिया नजिकै बराखुट्टीमा टिनको छानाको एक कोठाको घर बनाउन भ्याए रोमलालले । पूर्वपश्चिम महेन्द्र राजमार्गमा जोडिएको छ, उनको घर ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

धेरै कुराले सुगम ठाँउ भए तापनि यी गिरी बाबुछोराको अवस्था निकै नाजुक छ । साझ बिहान् के खाने रु के गर्ने त , यो समस्या हुँदाहँुदै यस्तो जाडोमा ओढ्ने ओछ्याउने अनि लगाउने नानाको पनि उत्तिकै दर्दनाक अवस्था छ उनीहरूको ।

यसअघि पनि यसैगरी उनका बारेमा समाचारहरु नआएका होइनन् । तर पनि उनीहरूको आवश्यकता अनुसारको सहयोग भने खासै आएन । जेहोस, अझै पनि मनकारी दाताहरूको आउने बाटो हेरेर मीठो मुख बनाएर बुवा छोराले दिनहरु गुजारिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *