भद्राक्षीदेवी मन्दिर देवीकोटबाट नेपाल भ्रमण वर्षलाई स्वागत गरिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ २४ मंसिर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई दाङको राप्ती गाउँपालिकाको भद्राक्षीदेवी मन्दिर देवीकोटबाट स्वागत गरेका छन् । सोमवार राप्ती गाउँपालिकाको वडा नम्बर ९ देविकोटमा रहेको धार्मीक तथा पर्यटकीय स्थल भद्राक्षीदेवी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि दाङ जिल्ला समन्वय समिति र राप्ती गाउँपालिकाले आन्तरिक तथा वाहिरी पर्यटकलाई दाङका विभिन्न पर्यटकीय स्थल भ्रमणको लागि आब्हान गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका अध्यक्ष जितेद्रमान नेपाली र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्दै दाङ जिल्लामा नेपाल भ्रमण वर्ष सफल पार्न अभियान सुरु भएको उद्घोष गर्दै सबै क्षेत्रका पर्यटकीय क्षेत्रको विकासमा र प्रचार प्रसारमा सबै लाग्न अनुरोध गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती गाउँपालिकाको महत्वपुर्ण स्थानको रुपमा रहेको प्रमुख धार्मीक स्थल श्री स्वस्थानी ब्रतकथाको नवाैँ अध्यायमा उल्लेख भए अनुसार सतिदेवीको बाँया घुडा पतन भएको शक्ति पीठको रुपमा रहेको मन्दिर परिसरबाट दाङ जिल्ला पर्यटन पवद्र्घन समिति सदस्य जिल्ला समन्वय समिति उपसभापति श्रीधर शर्मा पौडेलले दाङ जिल्ला पर्यटन प्रवर्धन समितिका आगामी योजना तथा नेपाल भ्रमण वर्ष सफल पार्न दाङ जिल्लाका विभिन्न हेर्न लायक स्थानको बारेमा जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल भ्रमण वर्ष सन् २०२० को दाङ जिल्ला राप्ती गाउँपालिकाको भद्राक्षि मन्दिरबाट स्वागत गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका जफतबहादुर बस्नेत, जागेश्वर घिमीरे, रुद्रबहादुर डाँगी, नेकपाका धर्मराज अधिकारी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, राप्रपाका कुलराज न्यौपाने, वडा अध्यक्ष ताराबहादुर डिसी, विष्णुबहादुर घर्ती क्षेत्री, गोकर्णबहादुर रानामगर, गोवर्धन रावत, राजनीतिक दलका टोपबहादुर झाक्री,देवी धार्मिक तथा पर्यटन विकास समितिका समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी लगायतकाले दाङ जिल्लालाई धार्मीक स्थल, पर्यटकीय स्थल, कृषि, ब्यापार, पैदल मार्ग, ताल, नदि लगायतका विषयमा परिचित गराउन सकिने हुँदा हरेक विषयलाई प्रवद्घन गरि भ्रमण वर्षलाई सफल बनाउनु पर्ने बताएका थिए।

दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत कार्यक्रमको पालिका स्तरबाट स्वागत कार्यक्रमको उद्घाटन राप्ती गाउँपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको अध्यक्षता, दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक दाङ जिल्ला समन्वय समिति अध्यक्ष जितेद्रमान नेपालीको प्रमुख अातिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ जिल्ला पर्यटन प्रवर्धन समितिका अनुसार दश वटै पालिकाहरुका महत्वपुर्ण पर्यटकीय स्थलबाट दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरिने कार्यरहेको बताईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *