राप्ती नदी उत्खनन हुन थालेपछि स्थानीयद्वारा नदीमै धर्ना

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

दाङ, मंसिर २४ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले जनताको भावना विपरीत राप्ती नदीमा नदीजन्य वस्तु उत्खनन गर्न ठेक्का लगाएकाे भन्दै राप्ती गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दा अान्दोलित हुदै नदीमै पुगेर धर्ना दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वड्कापथ कुलो सिंचाइ अायाेजनाकाे मुहान, अर्घाखाँचीकाे शितगंगा जाेड्ने झाेलुङ्गे पुल, भालुबाङ्ग बजार जाेगाउन गरिएको तटबन्ध क्षेत्र उत्खननले जाेखिममा पर्ने भन्दै स्थानीय अान्दाेलित बनेका हुन् । करिब दुई सय ५० जना विरोध प्रदर्शनमा सहभागी भएका छन् । साेमबार स्थानीयले नदीजन्य बस्तु अाेसार पसारमा संलग्न ट्याक्टर चल्न दिएका छैनन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीयकाे भावना विपरीत ठेक्का लगाएकाले बिराेधमा उत्रिनु परेकाे स्थानीय गेम बहादुर खड्काले बताए । यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सबै प्रकृया पूरा गरेर उत्खननकाे लागि ठेक्का लागेकाे र त्यहाँ कुनै जाेखिम नरहेकाे दावी गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *