पर्यटन प्रर्वद्धन समितिको बैठक, भ्रमण वर्षको लागि नारा तय

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ २२ मसिर | नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा गठन भएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिले स्थानीय नारा तय गरेको छ । समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सोमवार बसेको सचिवालयको बैठकले ‘‘पर्यटन विकासको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना״ नारा तय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठकले सवै संघ संस्थालाई नेपाल भ्रमण वर्षको व्यानर निर्माण गरेर ठाउँ ठाउँमा राख्नको लागि समेत अनुरोध गरेको छ । त्यसैगरेर बैठकले नेपाल भम्रण वर्ष २०२० को उद्घाटन पुुस १६ गते घोराही उपमहानगरपालिकाका १३ को बाह्रकुुनेदहमा प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरेर पालिकासम्म कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन सवैपालिकासँग छलफल अघि बढाउने निर्णय गरेको छ । सोमवार राप्ती गाउँपालिकासँग छलफल आयोजना गरेको समितिले जनाएको छ । सोमवार विहान राप्ती गाउँपालिकाको देविकोटमा पालिकाका प्रमुख तथा स्थानीयसँग छलफल कार्यक्रम राखिएको समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *